यी हुन् ओली तिरै फर्किएका गौतम समुहका ५ नेता, एक्लिएका बामदेव यता न उता !

यी हुन् ओली तिरै फर्किएका गौतम समुहका ५ नेता, एक्लिएका बामदेव यता न उता !


  • 13.6K
    SHARES

  • यी हुन् ओली तिरै फर्किएका गौतम समुहका ५ नेता, एक्लिएका बामदेव यता न उता !

    काठमाडौं - नेकपा एमालेका नेता बामदेव गौतमलाई आफ्नैले धमाधम छाड्न थालेका छन् । गौतमका विश्वासपात्र भनिएकाहरु धमाधम छाडेर प्रधानमन्त्री केपी शर्मा ओलीको क्याम्पमा जान थालेका छन् ।

    गौतम निकट बागमती प्रदेशका सांसद डा. रामकुमार अधिकारीले क्याम्प परिवर्तन गरेका छन् । उनी ओली समूहमा गएर राज्यमन्त्री बनिसकेका छन् । गौतमको एकता अभियानका दिपक मनाङेले पनि साथ छाडेका छन् ।

    मन्त्री बन्ने भएपछि स्वतन्त्र हैसियतका मनाङे पृथ्वी सुब्बा गुरुङसँग जोडिएका छन् । पृथ्वी सुब्बा गुरुङ नेतृत्वको सरकारमाथिको अविश्वासको प्रस्तावमा मतदान हुनुपूर्व मनाङे स्वीच अफ गरेर हराएका थिए ।

    विगतमा गौतमसँग नजिक रहेर निर्देशन मान्दै आएका मनाङे परिवर्तन भएको विषयले भैंसेपाटीमा खैलाबैला मच्चिएको छ । बामदेवलाई विगतमा साथ दिदै आएका घनश्याम भुसाल, रामकुमारी झाँक्रीलगायतले पनि साथ छाडिसकेका छन् । उनीहरु पछिल्लो समय माधव नेपाल र झलनाथ खनालसँग नजिक छन् ।

    संघीयता खारेज हुन सक्ने 

    नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले वर्तमान सरकारले संघीयता, धर्मनिरपेक्षता, समानुपातिक–समावेशिता नै खारेजीको घोषणा गरे पनि अनौठो मान्नु नपर्ने टिप्पणी गरेका छन् ।

    नोबेल कोरोनाभाइरस ९कोभिड–१९० को महामारी रोकथामका नाममा जारी भएको निषेधाज्ञा पनि संकटकालपूर्वको ट्रायल हुनसक्ने उनको गम्भीर आशंका छ ।

    ‘संघीय संसदको बजेट अधिवेशन शुरु गर्ने बेला भयो, सरकारले परामर्श लिएको छ कि छैन रु’ भनेर गरिएको प्रश्नमा नेता गुरुङले सरकारप्रति यस्तो तीखो टिप्पणी गरेका हुन् ।

    संविधान, कानून, राजनीतिक मूल्यमान्यता सबै वर्तमान सरकारले लत्याउँदै हिंडेका कारण आफूहरुको खबरदारीले कुनै काम नगरेको, अर्थ नराखेको उनको गुनासो छ ।बजेट अधिवेशन बोलाउने बेला त भयो, तर बोलाउनेरनबोलाउने सरकारको कुरा हो ।

    बरु संकटकाल लगाए अधिवेशन बोलाउनु पर्दैन, जेठ १५ गते बजेट पेश गर्नु पनि पर्दैन भन्ने बाटो सरकारले रोज्न सक्छ । सरकारले लकडाउन गर्ने प्रक्रिया अगाडि बढाएको छ । यसमा समेत गलत कदम चाल्न सक्ने सम्भावनालाई पनि नकार्न सकिंदैन ।

    प्रहार न्यूज

    • शुक्रवार, बैशाख १७ २०७८१०:११:१५
    प्रतिक्रिया
    ताजा अपडेट
    धेरै पढिएको
    सम्बन्धित समाचार