लगातार दोश्रो दिन पनि ८३ हजार बढी संक्रमित फेला परेको भारतमा हालसम्म ३९ लाख ३६ हजार जनालाई कोरोना संक्रमण भइसकेको छ ।
बिबिसी हिन्दीमा प्रकाशित समाचारका अनुसार भारतले गर्दै आएको कोरोना परीक्षणको नतिजाले परीक्षण गरिएका प्रत्येक १२ जना मध्ये एक व्यक्तिमा संक्रमण पुष्टि हुने गरेको छ।
इण्डियन काउन्सिल अफ मेडिकल रिसर्चका अनुसार सेप्टेम्बर ३ सम्म गरिएको परीक्षणले यस्तो देखाएको हो । उसका अनुसार भारतले हालसम्म चार करोड ६६ लाख ७९ हजार १ सय ४५ जनाको परीक्षण गरिसकेको छ। यही परीक्षणमा परीक्षण गरिएका हरेक १२ जनामा एक जना संक्रमित रहने गरेको देखाएको हो।
भारतमा हाल प्रतिदिन ११ लाख बढी मानिसको कोरोना परीक्षण हुँदै आएको छ। हिजोमात्रै भारतमा ११ लाख ६९ हजार ७ सय ६५ जनाको कोरोना परीक्षण गरिएको थियो ।