अमेरिकामा पत्ता लाग्यो २ दिनमै निको हुने कोरोनाको औषधि, यस्तो भन्छन् वैज्ञानिकहरु

अमेरिकामा पत्ता लाग्यो २ दिनमै निको हुने कोरोनाको औषधि, यस्तो भन्छन् वैज्ञानिकहरु


  • 5.5K
    SHARES

  • अमेरिकामा पत्ता लाग्यो २ दिनमै निको हुने कोरोनाको औषधि, यस्तो भन्छन् वैज्ञानिकहरु

    युनिभर्सिटी अफ पिटर्सवर्ग स्कुल अफ मेडिसिनका वैज्ञज्ञानिकहरुले  कोरोनालाई निस्क्रिय बनाउने उपचारविधि पत्ता लगाएका छन् । उनीहरुले सार्स–कोभ २ भाइरस निष्क्रिय बनाउने निकै सानो बायोलोजिकल कण विश्वविद्यालयमा आइसोलेटेड गरेका छन् । 


    यो एन्टीबडीको तत्व पूर्ण आकारको एन्टीबडीभन्दा १० गुणा सानो छ र एबी ८ नाम औषधि बनाउन यसको प्रयोग गरिएको छ । वैज्ञानिकहरुले सेल नामक जर्नलमा प्रकाशित गरेको रिपोर्टमार्फत यो जानकारी बाहिर आएको हो । 


    सार्स–कोभ–२ को सम्भावित रोकथामका लागि यो औषधिलाई महत्वका साथ हेरिएको छ । रिपोर्टमा उल्लेख भएअनुसार परीक्षणका दौरान मुसा र ह्याम्स्टर्समा सार्स–कोभ २ रोकथाम र उपचारका लागि यो औषधि निकै प्रभावकारी देखियो । रिपोर्टका अनुसार यो औषधि मानव शरीरमा नरहने भएकाले यसको नकारात्मक असर पनि पर्नेछैन । 

    ‘एबी ८ कोभिड १९ को उपचारका लागि मात्रै होइन मानिसहरुलाई सार्स–कोभ २ बाट संक्रमण गराउन पनि काम लाग्नेछ,’ सहलेखक जोन मेल्लोर्सले भनेका छन्,‘ ठूलो आकारका एन्टीबडीहरुले अन्य संक्रामक रोगका लागि काम गरेका छन् र त्यसलाई सहन पनि सकिएको पनि छ, जसले हामीलाई यो आशा दिएको छ कि यो औषधि कोभिड–१९ बिरामीहरुका लागि प्रभाकारी हुनसक्छ । त्यस्तै कहिल्यै संक्रमित नभएका र यसविरुद्ध प्रतिरोधी नरहेका मानिसहरुको रक्षार्थ पनि यो महत्त्वपूर्ण हुनसक्छ ।

    प्रहार न्यूज

    • मंगलवार, भाद्र ३० २०७७१२:३३:२४
    प्रतिक्रिया
    ताजा अपडेट
    धेरै पढिएको
    सम्बन्धित समाचार