ओली विरुद्धका सबै रिट फिर्ता लिन तयार भयो नेपाल समूह, यस्तो छ ओली र नेपालको मिलन बिन्दु !

ओली विरुद्धका सबै रिट फिर्ता लिन तयार भयो नेपाल समूह, यस्तो छ ओली र नेपालको मिलन बिन्दु !


  • 32.4K
    SHARES

  • ओली विरुद्धका सबै रिट फिर्ता लिन तयार भयो नेपाल समूह, यस्तो छ ओली र नेपालको मिलन बिन्दु  !

    काठमान्डौ - नेकपा एमालेको खनाल नेपाल समूहले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले गरेको संसद विघटनप्रति आत्मालोचना गरे मात्रै सहकार्य हुनसक्ने निष्कर्ष निकालेको छ ।

    बिहीबार खनाल–नेपाल समूहका केन्द्रीय सदस्यहरुको भर्चुअल भेलामा सहभागी अधिकांश नेताहरुले ओलीको संसद विघटन गर्ने कदम प्रतिगामी भएको ठहर गर्दै उनीसँगको सहकार्य लगभग अन्त्य भएको धारण राखेका थिए । 

    ‘ओली एकपछि अर्को गर्दै प्रतिगमनतिरै जानुभएको छ । त्यसैले उहाँले आत्मालोचना गरेर जेठ २ को पार्टी कमिटी क्रियाशील गर्न प्रतिबद्धता जनाए मात्रै सहकार्य सम्भव छ भन्ने नै निष्कर्ष निस्कियो

    सो समूहका नेता युवराज ज्ञवालीले भने, ‘यदि ओली त्यसो गर्न तयार हुँदैनन् भने नयाँ पार्टी पुनर्गठन गर्नुको विकल्प छैन भन्नेमा नेताहरु एकमत हुनुभयो । त्यस्तै उनले त्यसका लागि धेरै समय कुर्न नसकिनेमा समेत नेताहरु पुगेको बताए । 

    अब धेरै समय कुर्न सकिँदैन । तत्काल ओली त्यस्तो प्रतिबद्धता जनाउन तयार भए हामी एकताबाट पछि हट्दैनौ’ बैठकमा सहभागीहरुले राखेको धारणा र निष्कर्षका रुपमा नेता माधव नेपालले गरेको सम्बोधनलाई उदृत गर्दै ज्ञवालीले रातोपाटीलाई भने,

    ‘त्यो नभए क्रान्तिकारी कम्युनिस्ट पार्टी निर्माण गर्ने र सिंगो नेपालको कम्युनिस्ट आन्दोलनलाई एकीकृत गर्ने हिसाबले अघि बढ्नुपर्छ । भेलामा सहभागी नेताहरुले संसद विघटन प्रतिगमन भएको भन्दै ओलीले संविधान र लोकतन्त्रमाथि बारम्बार प्रहार गरेर मुलुकलाई उल्टो दिशातर्फ फर्काउन खोजिएकाले उनीसँगको सहकार्यबाट कम्युनिस्ट आन्दोलन अघि बढ्न नसक्ने बताएका थिए । 

    बैठकमा ओेली समूहका नेताहरुसँग अनौपचारिक वार्ता गरिरहेका नेताहरु सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट र योगेश भट्टराईले नेता नेपालसँग सल्लाह गरेर नै अनौपचारिक वार्ता गरेको ब्रिफिङ गरेका थिए ।

     चार नेताको ब्रिफिङ सुनेपछि नेता नेपालले अनौपचारिक कुराकानीलाई अन्यथा मान्न नहुने बताएका थिए । तर वार्ता समितिको संयोजकलाई नै कारवाही गरेकाले यो वार्तालाई औपचारिक भन्न नमिल्ने बताएका थिए । 

    अनौपचारिक वार्ता गर्न पाइन्छ । हामी एकताकै पक्षमा छौं तर अब वार्ताका नाममा धेरै पर्खन भने सकिँदैन’, नेता नेपालले छलफलको अन्तिममा भनेका थिए । त्यस्तै उनले आफ्नो तयारी पनि गर्दै जानुपर्ने भएकाले सोही अनुसार तयार हुन नेताहरुलाई निर्देशन दिएका थिए ।

    पार्टी एकताको लागी यस्तो छ ओलीको सर्त !

    नेकपा एमालेका दोस्रो तहका नेताबीच जारी छलफलमा अध्यक्ष केपी शर्मा ओली नेपाल समूहको मागबमोजिम २०७५ जेठ २ कै कमिटी ब्युँताउन सकारात्मक भएका छन्  ।

    तर, ओलीले जेठ २ अघिको अवस्थामा फर्कनका लागि सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध दायर रिट निवेदनमा नेपाल समूहका २३ सांसदले गरेको हस्ताक्षर फिर्ता लिनुपर्ने सर्त राखेको नेपाल समूहका एक नेताले बताएका छन् ।

    पार्टी एकताका लागि ओली समूहका पूर्वसभामुख सुवास नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली र नेपाल समूहका घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, योगेश भट्टराई, गोकर्ण विष्टलगायतका नेताहरू सघन छलफलमा जुटेका छन् । 

    पार्टी एकता जोगाउन विभिन्न तहमा संवाद भइरहेको जानकारी दिँदै नेम्वाङले भने ‘सहमति निर्माण गर्ने विषयमा हामी लागिरहेका छौं । आशा गरौं, पार्टी एकता बचाउन सकिन्छ ।’ नेपाल समूहका नेता पाण्डेले पनि पार्टी एकता जोगाउन र सहमति निर्माणका लागि प्रयास भइरहेको बताए ।

    यता, एमाले एकताका लागि एमालेका दुवै पक्षका दोस्रो पुस्ताका नेताहरू वार्तामा बसिरहेका बेला माधव नेपाल पक्षीय जनसंगठनका नेताहरूले भने त्यसलाई धोकाको संज्ञा दिएका छन् । 

    एमालेका नेपाल समूहको भ्रातृ संगठनहरूको सामूहिक बैठकमा सहभागी नेताहरूले झलनाथ खनाल र माधव नेपालको सहमति तथा निर्देशनबिना कुनै नेता वार्तामा बसेका छन् भने त्यो अनाधिकृत हुने टिप्पणी गरेका छन् ।

    नेता नेपालको सहभागितामा जनसंगठनका प्रमुख तथा पदाधिकारीहरूको जुम बैठकले अब ओलीको अलमलमा नलागी पार्टी विभाजन गर्नुपर्ने सुझाव दिएका छन् । 

    एकताको नाममा वार्ता गर्ने दोस्रो तहका नेताहरू सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट, योगेश भट्टराईलगायतलाई ओली पक्षसँगको वार्ताबाट फिर्ता हुन जनसंगठनका नेताहरूले माग गरेका छन् ।

    नेपाल समूहका अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले अझै पनि वार्ता र एकताको नाममा धोका हुने भएकाले तत्काल पार्टी विभाजन गर्नुपर्ने सुझाव दिएका थिए ।

     बैठकमा खेलकुद महासंघका अध्यक्ष पुरुषोत्तम पौडेलले एकताको नाममा फेरि पनि ओलीले अलमल्याउने सम्भावना रहेकाले नेतृत्व थप सचेत हुन आवश्यक रहेकोमा जोड दिएका थिए ।

    प्रहार न्यूज

    • शुक्रवार, जेठ २१ २०७८०८:४२:१७
    प्रतिक्रिया
    ताजा अपडेट
    धेरै पढिएको
    सम्बन्धित समाचार