ओलीलाई शक्तिशाली बनाउन नेपाल समुहले गर्यो यस्तो निर्णय, एमाले कार्यकर्ताले दिए खुलेरै साथ् !

ओलीलाई शक्तिशाली बनाउन नेपाल समुहले गर्यो यस्तो निर्णय, एमाले कार्यकर्ताले दिए खुलेरै साथ् !


  • 54.5K
    SHARES

  • ओलीलाई शक्तिशाली बनाउन नेपाल समुहले गर्यो यस्तो निर्णय, एमाले कार्यकर्ताले दिए खुलेरै साथ् !

    काठमान्डौ - दुई दिने भर्चुअल बैठकपछि परिस्थितिको समीक्षा र नयाँ निचोड निकाल्न नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहले स्थायी कमिटी बोलाएको छ ।

    शनिबार दिउँसो १ बजे स्थायी कमिटी बैठक आह्वान गरिएको युवराज ज्ञवालीले जानकारी दिए । उनका अनुसार बैठक भर्चुअल माध्यमबाट हुने छ ।  हामीले दुई दिन केन्द्रीय सदस्यहरूको धारणा सुन्यौँ ।

    प्रधानमन्त्री केपी शर्मा ओली पक्षसँग वार्ता, छलफल गरिरहेका कमरेडहरूको कुरा पनि सुन्यौँ । सबैको कुराको विश्लेषण गरेर एउटा निष्कर्षमा पुग्नुपर्ने भयो,” ज्ञवालीले स्थायी कमिटी बैठकको आवश्यकता प्रष्ट्याउँदै भने ।

    केन्द्रीय सदस्यहरूको छलफलमा एकता प्रयासलाई जारी राख्ने र नयाँ क्रान्तिकारी चेतसहितको पार्टी निर्माण गरेर जानुपर्ने दुवै कुरा समानान्तर वेगमा उठेको उनको भनाइ थियो । “विचार दुवै कोणबाट आएको छ । हामी एउटा निचोडमा पुग्नुपर्ने हुन्छ,” उनले थपे ।

    ओली प्रतिगमन दोहोर्‍याएको दोहोर्‍याई

    स्थायी कमिटी सदस्य युवराज ज्ञवाली आम नेता–कार्यकर्ता, समर्थक, सुभेच्छुकको भावना पार्टी एकता भए नै भए पनि परिस्थितिले नयाँ आन्दोलन विकास गर्नुपर्ने दिशामा धकेलेको संश्लेषण सुनाउँछन् । नयाँ पार्टी गठन अपरिहार्य हुँदै गएको उनको निचोड छ । 

    “हामीले यसबीचमा एकताको प्रयास नगरेका होइनौँ । वार्ता टोली नै बन्यो । कार्यदल बनाएर छलफल गरौँ न त भनेको पनि हो,” उनी भन्छन्, “तर कार्यदल बनेर छलफल भइरहँदा ओलीले प्रतिगमन दोहोर्‍याए । हामीले संसद् विघटन प्रतिगमन हो भनेका छौँ ।”

    उनी ओली आत्मआलोचित भएर नआउँदासम्म वार्ताले निष्कर्ष नदिने बताउँछन् । “उहाँ गल्ती सच्याउन तत्पर हुनुपर्‍यो,” उनी भन्छन्, “संसद् विघट त्रुटि थियो भनेर सच्याउन तयार हुनुपर्‍यो । तब न उनीसँग संवाद हुन सक्छ । यथास्थितिमा संवादको कुनै अर्थ छैन । यसले दिने परिणामको पनि अर्थ छैन ।

    एउटै स्वरमा भुषाल र भट्टराई 

    नेकपा एमालेका नेता घनश्याम भुसालले शुक्रबार हेरफेर भएको मन्त्रिमण्डल भारतीय गुप्तचर प्रमुख सामन्त गोयल नेपाल आएपछि बदलिएको कोर्षको निरन्तरता भएको प्रतिक्रिया दिएका छन् ।

    केपी ओलीले छानेका मन्त्रीहरु बदलिएको राजनीतिक कोर्षको परिणति भएको भुसालले बताए । उनले भने, ‘मैले यो हेरफेरलाई सामन्त गोयल नेपाल आएपछि बदलिएको राजनीतिक कोर्षको कार्यान्न्वयनका रुपमा हेरेको छु ।

    परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र उप्रधानमन्त्री ईश्वर पोखरेललाई हटाएर नयाँ व्यक्तिलाई नियुक्त गरिनुलाई उनले सामन्त गोयलको अनुकुल हुने गरी गरिएको हेरफेरका रुपमा चित्रित गर्ने प्रयास गरे । व्यक्तिहरुको नाम नलिइकन भुसालले रातोपाटीसँग भने,‘यो त्यही कोर्षको अनुकुल कम्फर्टेबल सरकार हो ।’

    अन्धराष्ट्रवाद र क्षेत्रीयतावादको घाँटी जोडियो : बाबुराम

    एमाले नेता घनश्याम भुसालले जस्तै पूर्वप्रधानमन्त्री एवं जसपाका नेता डा। बाबुराम भट्टराईले पनि नयाँ मन्त्रिपरिषदमा संविधान जारी हुँदा दीपावली गर्ने र ब्ल्याक आउट गर्नेको घाँटी जोडिनु अनोठो भएको बताएका छन् । यस्तो छ सामाजिक सञ्जालमा डा.भट्टराईको भनाई :

    ‘संविधान जारी हुँदा दीपावली गर्ने र ब्ल्याक आउट गर्नेको घाँटी कसरी जोडियो रु अन्धराष्ट्रवादको नारा दिएर पहाडी मतदाता ठग्ने र क्षेत्रीयतावादका कुरा गरेर मधेसी मतदाता ठग्ने कसरी एकै ठाउँ रु नाकाबन्दीका कट्टर समर्थक र विरोधीको सालनाल कहाँ जोडिएको रहेछ रु दुबैको मुकुण्डो उत्रिएन त रु’

    प्रहार न्यूज

    • शनिवार, जेठ २२ २०७८०९:१०:१८
    प्रतिक्रिया
    ताजा अपडेट
    धेरै पढिएको
    सम्बन्धित समाचार