चौतर्फी आलोचित भएपछि महतो माथि ओलीले चाले यस्तो कदम, तत्काल मन्त्रीपद जना सक्ने !

चौतर्फी आलोचित भएपछि महतो माथि ओलीले चाले यस्तो कदम, तत्काल मन्त्रीपद जना सक्ने !


  • 45.0K
    SHARES

  • चौतर्फी आलोचित भएपछि महतो माथि ओलीले चाले यस्तो कदम, तत्काल मन्त्रीपद जना सक्ने !

    काठमान्डौ - नवन्युक्त उपप्रधानमन्त्री राजेन्द्र महतोले नेपाललाई बहुराष्ट्रिय राज्य बनाउने अभिव्यक्ति दिएपछि चौतर्फीरुपमा आलोचना भएको छ।  उनको अभिव्यक्ति आलोचित भए पछि ओली निकट नेताहरुले नै महतो माथि कडा कदम चाल्न सक्ने बताएका छन्। 

    पूर्वमन्त्री तथा एमालेका नेता गोकुल बास्कोटाले नेपाल बहुभाषिक,बहुजातीय, बहुधार्मिक, बहुसांस्कृतिक राज्य भएको बताएका छन् । उनले नेपाल बहुराष्ट्रहरुको योगफल नभएको र जन्मजात एक सार्वभौम राज्य भएको समेत सामाजिक सञ्जालमार्फत बताएका छन् ।

    उपप्रधानमन्त्री राजेन्द्र महतोले नेपाललाई बहुराष्ट्रिय राज्य बनाउने अभिव्यक्ति दिएपछि त्यसको जवाफमा बास्कोटाले कसैको बुझाइमा भ्रम छ भने त्यो उसको राज्यको उत्पति र विकास सम्बन्धी ज्ञान र दृष्टिकोणको समस्या भएको बताएका छन् ।

    उनले ट्वीटरमा भनेका छन्, ‘नेपाल बहुभाषिक,बहुजातीय,बहुधार्मिक, बहुसांस्कृतिक राज्य हो । बहुराष्ट्रहरुको योगफल होइन । जन्मजात एक सार्वभौम राज्य हो ।

    कसैको बुझाइमा भ्रम छ भने त्यो उसको राज्यको उत्पति र विकाससम्बन्धी ज्ञान र दृष्टिकोणको समस्या हो, नेपाल राज्यको र जनताको बुझाईको समस्या होइन। महतोले शुक्रबार शपथलगत्तै नेपाललाई बहुराष्ट्रिय मुलुक बनाउनतिर लाग्ने बताएपछि त्यसको चौतर्फी आलोचना हुँदै आएको छ ।

    नेपाल समुहले माग्यो जवाफ 

    नेकपा एमालेको माधवकुमार नेपाल समूहले उपप्रधानमन्त्री राजेन्द्र महतोको अभिव्यक्तिबारे प्रधानमन्त्री केपी शर्मा ओलीसँग जवाफ माग्ने निर्णय गरेको छ ।

    शनिबार भर्चुअल माध्यमबाट बसेको स्थायी कमिटी बैठकले नवनियुक्त उपप्रधानमन्त्री एवम् जनता समाजवादी पार्टी जसपाका वरिष्ठ नेता महतोले दिएको अभिव्यक्तिको प्रधानमन्त्रीसँग जवाफ माग्ने निर्णय गरेको हो ।

    ‘बहुल राष्ट्रिय राज्य बनाउने मुक्ति आन्दोलन शुरु गर्छु भन्ने अभिव्यक्ति संविधानको धारा ३ विपरीत छ । यसको जवाफ प्रधानमन्त्रीले दिनुपर्छ,’ स्थायी कमिटी सदस्य बेदुराम भुसालले भने ।

    शुक्रबार शहरी विकास मन्त्रालयमा पदभार ग्रहण गरेलगत्तै उप्रप्रधानमन्त्री महतोले बहुल राष्ट्रिय राज्य निर्माणको मुक्ति आन्दोलन चलाउने बताएका थिए ।

    महतोको यो अभिव्यक्ति राष्ट्रिय अखण्डता विरोधी भएको निष्कर्ष नेपाल समूहको बैठकले निकालेको छ । माधव समूहका १८ जनसंगठनले पनि संयुक्त वक्तव्य जारी गरेर महतोको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ ।

    वक्तव्यमा महतोले संविधान विरोधी अभिव्यक्ति दिंदा पनि प्रधानमन्त्री ओलीको मौनता र अनभिज्ञताप्रति आश्चर्य समेत प्रकट गरिएको छ । हामीलाई विश्वास थियो, प्रधानमन्त्री ओली आफ्नो संविधानको मूल्य र संविधानप्रतिको आफ्ना पूर्व अडानहरुबाट विचलित र च्यूत हुनुभएको छैन । 

    महतोले सच्याए विवादास्पद अभिव्यक्ति

    उपप्रधान तथा शहरी विकासमन्त्री राजेन्द्र महतोले नेपाल बहुल राज्य हुनु पर्ने भनेर दिएको विवादस्पद अभिव्यक्ति सच्याएका छन् । राष्ट्रिय जनता पार्टी राजपाका नेतासमेत रहेका महतोले शनिबार राति प्रेस विज्ञप्ति जारी गर्दै आफ्नो विवादास्पद अभिव्यक्ति सच्याएका हुन् ।

    उनले आफ्नो अभिव्यक्तिलाई बंग्याएर गलत प्रचार गरिएको दाबी समेत गरेका छन्। महतोले आफू नेपालको राष्ट्रिय एकता, अखण्डता र राष्ट्रिय एकताप्रति पूर्ण प्रतिबद्ध रहेको उल्लेख गर्दै यसबारेमा कसैलाई पनि भ्रम नहोस् भनि स्पष्ट पारेका छन्।

    ‘हिजोको मेरो अभिव्यक्तिलाई बंग्याएर र गलत अर्थ लाग्ने गरी प्रचारप्रसार भएकोमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ,’ महतोद्वारा जारी विज्ञप्तिमा भनिएको छ,

    ‘मैले संविधानको धारा ३ मा उल्लेख भएबमोजिम बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त, भौगोलिक विविधतामा रहेका समान आकांक्षा र नेपालको राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय हित तथा समृद्धिप्रति

    आस्थावान रही एकताको सूत्रमा आवद्ध सबै नेपाली जनता समष्टिमा राष्ट्र हो भन्ने विषयलाई आत्मसात गर्दै यो राज्य सबै जातजाति, वर्ग, समूदाय, धर्म, लिंगको साझा राष्ट्र हो भन्ने आशय व्यक्त गरेको हुँ।’

    उनले यो संविधानप्रति रहेका आफ्ना असन्तुष्टि सम्बोधन गर्न संविधान संशोधनको निम्ति गठित कार्यदलमा राखिने पनि उल्लेख गरेका छन्। महतोले शुक्रबार सपदग्रहण गरे लगत्तै अब नेपाललाई बहुल राष्ट्रिय राज्यतिर लैजान मुक्ति आन्दोलनको तयारी गर्ने बताएका थिए।

    प्रहार न्यूज

    • आइतवार, जेठ २३ २०७८०९:२२:४०
    प्रतिक्रिया
    ताजा अपडेट
    धेरै पढिएको
    सम्बन्धित समाचार