कुलमानको बिदाइ पछि कार्यकारी निर्देशकमा लेखनाथ कोइराला नियुक्त

कुलमानको बिदाइ पछि कार्यकारी निर्देशकमा लेखनाथ कोइराला नियुक्त


  • 6.3K
    SHARES

  • कुलमानको बिदाइ पछि कार्यकारी निर्देशकमा लेखनाथ कोइराला नियुक्त

    काठमाडौँ–   सरकारले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा लेखनाथ कोइरालालाई नियुक्त गरेको छ । उर्जा मन्त्रालयकाे मन्त्रीस्तरीय निर्णयबाट कोइरालालाई कार्यकारी निर्देशकमा नियुक्त गरिएको हो। काेइराला प्राधिकरणको ११ औँ तहको उपकार्यकारी निर्देशक पदमा कार्यरत थिए ।

    उर्जा मन्त्री बर्षमान पुनले अर्को व्यवस्था नहुन्जेल कोइरालालाई कार्यकारी निर्देशनमा तोकिएको मन्त्रीका प्रेस विज्ञ दयानिधि भट्टले बताए । कोइराला प्राधिकरणका वरिष्ठ उप कार्यकारी निर्देशक थिए ।

    विद्युत प्राधिकरणका यसअघिका कार्यकारी निर्देशक कुलमान घिसिङको भदौ २८ गते पदावधि सकिएपछि कोइरालालाई नै निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिइएको थियो । 

     

    प्रहार न्यूज

    प्रतिक्रिया
    ताजा अपडेट
    धेरै पढिएको
    सम्बन्धित समाचार