भारत एकैपटक चीन र पाकिस्तानसँग लड्न सक्छ ? कसको सक्ति कति ?

भारत एकैपटक चीन र पाकिस्तानसँग लड्न सक्छ ? कसको सक्ति कति ?


  • 5.2K
    SHARES

  • भारत एकैपटक चीन र पाकिस्तानसँग लड्न सक्छ ? कसको सक्ति कति ?

    भारतीय सेनाका लागि गत ५० वर्षयताको सबैभन्दा ठूलो डर हो– कतै चीन र पाकिस्तानसँग एकै पटक दुई मोर्चामा युद्ध लड्नु पर्ने हो कि१ देशको विशाल आकार, सैन्य शक्ति र अन्ततः आणविक शक्ति पनि हासिल गरेपछि नयाँ दिल्ली विश्वस्त थियोे– ऊ यी दुईमध्ये जुनसुकै एक छिमेकीसँगको द्वन्द्व रोक्न वा व्यवस्थापन गर्न सक्छ ।

    तर, यी दुवै दुश्मन मुलुकसँग एकै पटक लड्न भने भारतको स्रोतसाधनले भ्याउँदैन र त्यो निकै ठूलो चुनौती बन्नेछ। दुर्भाग्यवश प्रधानमन्त्री नरेन्द्र मोदी र उनको सरकारका कारण भारत यो दुस्वप्नको नजिक पुगेको छ । पाकिस्तानसँग भारतको सम्बन्ध तनावपूर्ण छ ।

    चीनसँगको भारत सीमा विवाद दशकौँपछि यही बर्खामा हिंसात्मक बन्न पुग्यो। यो दुश्मनी समाप्त हुने कुनै लक्षण देखिन्न। अर्कोतिर कस्मिरमा पनि आन्तरिक मोर्चा खुल्न सक्छ। किनभने गतवर्ष सरकारले कडा सुरक्षा लागू गरेपछि त्यहाँ भारतविरोधी भावना उच्चतम विन्दुमा पुगेको छ ।

    यसबेला सीमामा चीन प्रमुख आक्रमणकारी बनेर आउँदा नयाँ दिल्लीले दुई र अर्को आधा मोर्चामा एकै पटक लड्नुपर्ने वास्तविक खतराको सामना गर्नुप¥यो। यसको नतिजा भारतका लागि भयंकर हुने थियो। नयाँ दिल्लीको राजनीतिक ध्यान, सैन्य अडान र कूटनीतिक प्रयास कमजोर हुने थियो। दक्षिण एसियाभन्दा बाहिर शक्ति विस्तार गर्ने र विश्व मञ्चमा भूमिका बढाउने भारतको चाहना स्थगित हुने थियो ।

    भारतीय सेनाका चुनौती
    सैन्य नेतृत्वले दुई मोर्चाको खतराबारे बोल्दै आएपनि भारत त्यसका लागि अलिकति पनि तयार छैन। भारतको महालेखाको प्रतिवेदन अनुसार भारतसँग भएका ५५ प्रतिशत प्रकारका गोलीगठ्ठा २० दिनको युद्धलाई पुग्ने मात्र छन्। अरु ४० प्रतिशत गोलीगठ्ठाले १० दिनको युद्धलाई पनि धान्न सक्दैन।

    सन् २०१६ मा जनरल रावत भारतीय सेनाको उपप्रमुख थिए। उनले पछि बताएअनुसार त्यसबेला उनको ध्यान दुई वटा मोर्चामा लड्नभन्दा सैन्य सामग्रीको भण्डार बढाउनमा केन्द्रित थियो। ‘पाकिस्तानसँगको युद्ध १० दिनमा जित्न नसके युद्ध लड्नुको अर्थ छैन’ भन्ने तर्क गरेर उनले मात्र १० दिनका लागि आवश्यक गोलीगठ्ठाको भण्डार तयार गरेका थिए।

    चीनसँग भने कम्तीमा ३० दिनको सघन युद्धका लागि तयार रहनुपर्ने उनको भनाइ छ। अर्को शब्दमा भन्दा २०१९ को अन्त्यमा पनि भारतसँग भएको गोलीगठ्ठाले पाकिस्तानसँग १० दिन मात्र सघन युद्ध लड्न पुग्छ। चीनसँगको सैन्य द्वन्द्वका लागि गोलीगठ्ठाको भण्डार बढाउने काम बल्ल सुरु भएको छ। त्यो पनि गत मे महिनामा लद्दाखमा तनाव उत्पन्न नहुन्जेल सुरु नगरिएको हुनसक्छ। फलस्वरुप जुन महिनामा सरकारले सेनाको आपतकालीन खरिद अधिकार बढाइदियो ।

    भारतले कसरी लड्ला दुई मोर्चामा युद्ध?
    भारतका सैन्य कमान्डरहरुले दुई मोर्चामा युद्ध भए एउटालाई मात्र प्राथमिकतामा राख्ने योजना बनाएका छन्। अर्को पक्षसँग भने रक्षात्मक तवरले मात्रै लड्नुपर्ने उनीहरुको मत छ। युद्धको अवस्थामा कस्मिरको जिम्मा पनि प्रहरीलाई दिइनेछ।

    सेनाप्रमुख एमएन नरवणेले गत मे महिनामा एउटा सेमिनारमा भनेका थिए, ‘दुवै मोर्चामा शतप्रतिशत सक्रिय युद्ध होला भनेर सोच्नु गलत हुन्छ। दुईटा मोर्चा खुल्ने अवस्थामा एउटा प्राथमिक र अर्को सहायक हुन्छ। त्यसरी हामी दुई मोर्चाको खतराको सामना गर्छौँ।’

    यही महिना दुई मोर्चा खुल्ने सम्भावना बढेपछि चिफ अफ डिफेन्स स्टाफ रावतले पनि प्राथमिक र सहायक मोर्चा पहिचान गरेर यस्तो चुनौती सामना गर्नुपर्ने बताएका छन्। तर जनरल विज दुई मोर्चाको खतरा अलगअलग रुपमा नआउने तर्क गर्छन्। ‘दुवै मोर्चालाई भारतले एकैपटक सामना गर्नुपर्ने हुन्छ,’ उनी भन्छन्।

    प्रहार न्यूज

    • मंगलवार, भाद्र ३० २०७७०९:४८:३८
    प्रतिक्रिया
    ताजा अपडेट
    धेरै पढिएको
    सम्बन्धित समाचार