बार्सिलोनाको जितमा मेसीको दुई गोल

बार्सिलोनाको जितमा मेसीको दुई गोल


  • 2.4K
    SHARES

  • बार्सिलोनाको जितमा मेसीको दुई गोल

    काठमाडौं । स्पानिस क्लब बार्सिलोनाले ला लिगा अघि प्रि सिजनमा लगातार दोस्रो मैत्रीपूर्ण खेल जितेको छ । कप्तान लिओनल मेसीको दुई गोल मद्दतमा बार्सिलोजनाले गिरोनालाई ३(१ ले पराजित गरेको हो । बार्सिलोनाका लागि फिलिप काउटिन्होले पनि एक गोल गरे ।

    योहान क्रफ स्टेडियममा भएको खेलमा काउटिन्होले २१औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । पहिलो हाफको अन्तिम समयमा मेसीले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर पारे ।

    दोस्रो हाफको सुरुमै गिरोनाका साइजले गोल गरेका थिए ।  तर मेसीले ५१औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै अग्रता बढाएका थिए । स्पानिस ला लिगाको नयाँ सिजन सुरु भइसकेपनि पनि बार्सिलोनाले पहिलो खेल खेल्न बाँकी छ । क्याटलान क्लबले भियारियालसँग खेल्दै नयाँ सिजनको सुरुवात गर्नेछ ।

    प्रहार न्यूज

    • बिहिवार, आश्विन १ २०७७०९:१५:०२
    प्रतिक्रिया
    ताजा अपडेट
    धेरै पढिएको
    सम्बन्धित समाचार