भारतका १० स्थान चिनियाँ सैनिक द्वारा कब्जा, दिल्लीले दियो यस्तो प्रतिक्रिया !

भारतका १० स्थान चिनियाँ सैनिक द्वारा कब्जा, दिल्लीले दियो यस्तो प्रतिक्रिया !


  • 3.8K
    SHARES

  • भारतका १० स्थान चिनियाँ सैनिक द्वारा कब्जा, दिल्लीले दियो यस्तो प्रतिक्रिया !

    भारत–चीन सीमा क्षेत्रको पूर्वी लद्धाखमा भारतका कम्तीमा १० वटा गस्ती गर्ने क्षेत्र चिनियाँ सैनिकले कब्जा गरेका भारतले दाबी गरेको छ ।

    सीमाको वास्तविक नियन्त्रण रेखा एलएसीमा रहेका भारतका गस्ती क्षेत्रमा चिनियाँ सैनिकले भारतीय सैनिकलाई जान नदिएका द हिन्दुस्तान टाइम्सलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

    भारतीय सैनिकले बेस क्याम्पबाट ती क्षेत्रसम्म गस्ती गर्दै आएका थिए । भारतीय सेनाले गएको अप्रिलदेखि गस्ती क्षेत्र नम्बर ९, १०, ११, १२, १२ ए मा गस्ती गर्न पाएका छैनन् । यस्तै गस्ती क्षेत्र नम्बर १३, १४, १५, १७ र १७ ए मा पनि भारतीय सैनिक जान नपाएको खबरमा उल्लेख छ ।

    यी गस्ती क्षेत्रहरु उत्तरमा डेपसाङ्ग मैदानदेखि दक्षिणमा प्याङ्गोङ्ग तालसम्मका रहेका छन् । सीमा क्षेत्रमा देखिएको तनाव कम गर्न पछिल्लो केही महिनामा केही वार्ताहरु भइरहेको भए पनि चीनले सीमा क्षेत्रमा विभिन्न तयारीहरु गरिरहेको छ ।

    वास्तविक नियन्त्रण रेखा अपरिभाषित रहेकाले कुनै पनि क्षेत्रमा आफ्नो दाबी प्रस्तुत गर्न गस्ती क्षेत्रमा बस्नु उपयुक्त तरिका रहेको सीमा विद्हरुले बताएका खबरमा उल्लेख छ ।

    प्रहार न्यूज

    • शनिवार, आश्विन ३ २०७७०१:२२:३३
    प्रतिक्रिया
    ताजा अपडेट
    धेरै पढिएको
    सम्बन्धित समाचार