ओली र भुसालबीच मन्त्रिपरिषद्मै चर्काचर्की, यस्तो छ कारण !

ओली र भुसालबीच मन्त्रिपरिषद्मै चर्काचर्की, यस्तो छ कारण !


  • 6.8K
    SHARES

  • ओली र भुसालबीच मन्त्रिपरिषद्मै चर्काचर्की, यस्तो छ कारण !

    काठमाडौं - बिहीबारको मन्त्रिपरिषद् बैठकमा यसै विषयमा प्रधानमन्त्री ओली र कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालबीच मन्त्रिपरिषद् बैठकमै चर्काचर्की परेको छ । मन्त्रिपरिषद्का एक सदस्यका अनुसार प्रधानमन्त्री ओली र भुसालबीच आधाघण्टा गलफती चलेको थियो ।

    धान थन्क्याउने बेला भइसक्दा पनि मलको हाहाकार छ । कृषकहरूले लकडाउनको पर्वाह नगरी घण्टौं लाइन बस्दा पनि मल पाउन सकेका छैनन् । मल नहुँदा धानको उत्पादनमा ह्रास आउने पक्काजस्तै छ ।

    सरकारले मलको हाहाकार चिर्न बङ्गलादेशसँग सापटी मागेको छ । सरकारले किनेर फिर्ता गर्ने सर्तमा प्रधानमन्त्री केपी शर्मा ओलीले सीधै बङ्गलादेशकी समकक्षी शेख हसिनासँग मुखै फोरेर मल मागिसकेका छन् । बङ्गलादेश सरकार पनि मल पैंचो दिन राजी छ । तर, कुन माध्यमबाट कहिलेसम्म मल ल्याइसक्ने टुङ्गो लाग्न सकेको छैन । 

    त्यसदिनको मन्त्रिपरिषद् बैठकको कार्यसूची धेरै थिएन । शनिबार राष्ट्रपति कार्यालयले बाँड्ने पदक–पदवी सिफारिस गर्ने एजेन्डा मात्रै थियो । तर, मल ल्याउने विषयले पनि प्रवेश पायो । विभागीयमन्त्रीका हैसियतले भुसालले कृषि सामग्री कम्पनी लिमिटेडले मल ल्याउने प्रस्ताव पेस गरे ।

    स्रोतका अनुसार प्रधानमन्त्री ओली भुसालको प्रस्तावमा सहमत भएनन् । उनले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको केही दस प्रतिशतजति सेयर रहेको साल्ट ट्रेडिङ कर्पोरेशनमार्फत् मल ल्याउनुपर्छ भन्दै भुसालको प्रस्ताव अघि बढ्न दिएनन् ।

    प्रहार न्यूज

    • शनिवार, आश्विन ३ २०७७०८:४२:५९
    प्रतिक्रिया
    ताजा अपडेट
    धेरै पढिएको
    सम्बन्धित समाचार