रोनाल्डोले क्रोएसियाविरुद्धको खेल गुमाउन सक्ने

रोनाल्डोले क्रोएसियाविरुद्धको खेल गुमाउन सक्ने


  • 3.7K
    SHARES

  • रोनाल्डोले क्रोएसियाविरुद्धको खेल गुमाउन सक्ने

    पोर्चुगल राष्ट्रिय फुटबल टोलीका कप्तान क्रिस्टियानो रोनाल्डोले नेसनस लिग अन्तर्गत पहिलो खेल गुमाउन सक्ने भएको छन् । सय गोलको रेकर्ड नजिक पुगेका रोनाल्डोले आफ्नो खुट्टाको औंलामा लागेको चोटका कारण पहिलो खेल गुमाउन सक्ने बताइएको छ ।  चोटका कारण रोनाल्डोले शनिबार राति क्रोएसियाविरुद्ध हुने यूईएफए नेसनस लिग पूर्वको प्रशिक्षण समेत गुमाएका छन् । 

    रोनाल्डोले राष्ट्रिय टोलीका लागि ९९ गोल पूरा गरेका छन् । उनी यसै साता नेसनस लिगमा आफ्नो शतकीय अन्तर्राष्ट्रिय गोल आँकडा पूरा गर्ने तयारीमा थिए । जहाँ उनी राष्ट्रिय टोलीका लागि सय गोल पूरा गर्ने दोस्रो खेलाडी बन्‍नेछन् । तर, औँलामा लागेको चोटका कारण उनी पहिलो खेल गुमाउन सक्ने छन् । 

    “क्रिस्टियानो रोनाल्डो बिहिबार प्रशिक्षणमा अनुपस्थित भएका छन्,” पोर्चुगल फुटबल महासंघले एक विज्ञप्तिमा भनेको छ, “बुधबार जिममा राष्ट्रिय टोलीका कप्तानको दाहिने खुट्टाको औंलामा चोट लागेको छ र उनको एन्टिबायोटिक उपचार भइरहेको छ ।  एफपीएफले दैनिक रुपमा उनको क्लिनिकल अवस्थाको पुनः र्मूल्यांकन गर्नेछ ।”

    प्रहार न्यूज

    • शुक्रवार, भाद्र १९ २०७७०८:३९:५५
    प्रतिक्रिया
    ताजा अपडेट
    धेरै पढिएको
    सम्बन्धित समाचार