नेपाल एयरलाइन्यको भुलले होटल क्वारेन्टाइन पुगेकालाई पठाइयो होम क्वारेन्टाइन

नेपाल एयरलाइन्यको भुलले होटल क्वारेन्टाइन पुगेकालाई पठाइयो होम क्वारेन्टाइन


  • 3.1K
    SHARES

  • नेपाल एयरलाइन्यको भुलले होटल क्वारेन्टाइन पुगेकालाई पठाइयो होम क्वारेन्टाइन

    काठमाडौं : बुधवार जापानको नरिताबाट नेपाल एयरलाइन्समा आइपुगेका यात्रुहरुलाई नियमानुसार होम क्वारेन्टाइन पठाइएको छ । एयरलाइन्सको भुलका कारण कोभिड-१९ नेगेटिभ आएमा यात्रुहरु जबरजस्ती होटल क्वारेन्टाइनमा बस्न बाध्य भएका थिए ।

    एक जना यात्रुको आरडीटीमात्रै गरेर ल्याएको देखिएपछि विमानमा सवार २१२ यात्रुलाई नै होटलमा राखेको थियो। आरडीटी भएकोलाई नेपाल आइपुगेपछि पीसीआर परीक्षण गर्दा संक्रमण नदेखिएपछि उनीहरुलाई १४ दिन होम क्वारेन्टाइन बस्ने गरी पठाइएको हो।

    बिहीवारै १ जना कुटनीतिक नियोगकासहित १० जना हिजै छाडिएको थियो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धकसहित सरोकारवालाहरुको बैठकले सरकारको नियमअनुसार होम क्वारेन्टाइनमा रहनेगरी पठाइएको विमानस्थल स्रोतले जनाएको छ।

    उक्त बैठकले एयरलाइन्सलाई अब उसो यस्तो गल्ती नगर्नसमेत निर्देशन गरेको छ।

    पीसीआर रिपोर्ट नेगेटिभ भएकाहरुलाई त्यसैगरी भदौ ९ गते पर्यटन मन्त्रालले उडान सञ्चालनमा ध्यान दिनुपर्ने जारी गर्दै होटल क्वारेन्टाइनमा बस्न नपर्ने जनाएको थियो ।

    प्रहार न्यूज

    • शुक्रवार, भाद्र १९ २०७७१०:२७:२८
    प्रतिक्रिया
    ताजा अपडेट
    धेरै पढिएको
    सम्बन्धित समाचार