काठमाडौं-
सुनाखरी मल्टिमिडिया फाउन्डेसन प्रा. लि. को ब्यानरमा तयार गरिएको लोकदोहोरी गीत 'केरा पाक्यो...' सार्बजनिक भएको छ ।
गायक बाबुराम भट्टराई गायिका अनिशा गुरुङको आबाजमा केरा पाक्यो छोटो समयमा नै चर्चा बटुल्न सफल भएको छ । रादिप सुनुवारको शब्द तथा संगीतमा रहेको उक्त गीतलाई केबी भण्डारीले संगीत संयोजन गरेका छन् ।
भिडियोमा बाबुराम भट्टराई, गोपाल थापा र मेनुका कार्कीको दमदार अभिनय देख्न सकिन्छ । गोपाल थापाको निर्देशनमा रहेको भिडियोको सुशील डाँगीले छायांकन गरेका हुन् भने नबिन घर्तीको सम्पादन रहेको छ ।