प्रधानमन्त्री ओलीले डा. केसीका मागहरु सम्वोधन गर्ने भए यस्तो बन्दै छ रणनीति !

प्रधानमन्त्री ओलीले डा. केसीका मागहरु सम्वोधन गर्ने भए यस्तो बन्दै छ रणनीति !


  • 6.9K
    SHARES

  • प्रधानमन्त्री ओलीले डा. केसीका मागहरु सम्वोधन गर्ने भए यस्तो बन्दै छ रणनीति !

    काठमाडौं - डा.गोविन्द केसी अनसन बसेको २३  दिनपछि प्रधानमन्त्री केपी शर्मा ओली चासो दिएका छन् । डा. केसीका मागहरु सम्वोधन गर्न सरकारले वार्ता सुरु गरेको प्रधानमन्त्री ओलीले बताएका छन् ।

    मंगलबार अपरान्ह बालुवाटारमा आयोजित नेकपा सचिवालय बैठकमा नेकपाका नेताहरुले डा. केसीको जीवनरक्षा बारे चासो राखेपछि प्रधानमन्त्री ओलीले केसीका माग पूरा गर्न सरकारले वार्ता सुरु गरेको जवाफ दिएका हुन् ।

    सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को मंगलबार अपरान्ह बसेको सचिवालय बैठक अनशनरत डा.गोविन्द केसीमाथि नै केन्द्रित भएको थियो । सचिवालयका नेताहरुले डा.केसीको जीवन रक्षाबारे सरकारले ठोस् कदम चाल्नुपर्ने कुरा उठाएपछि बैठक त्यसैबारे केन्द्रित भएको हो ।

    अरु विषयमा सामान्य कुरा मात्रै भयो।तर बैठक लगभग डा.केसीबारे नै केन्द्रित हुन पुग्यो एक सचिवालय सदस्यले अनलाइनबरसँग भने । प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओलीले सरकारले गर्नुपर्ने पहल गरिरहेको जवाफ दिएका थिए । प्रधानमन्त्री ओलीले बैठकमा भने शिक्षा सचिवलाई कुरा गर्न पठाएको छु उहाँले पनि धेरै जिद्दी गर्नुभएन ।

    अपरान्ह बसेको सचिवालय बैठकमा नेताहरुले डा. केसीबारे चासो राखेका थिए । बैठकपछि सचिवालयका एक सदस्यले भने, ‘प्रधानमन्त्री पनि डा.केसीको मागमा सकरात्मक देखिनुभयो । डा.केसीसँग आजै सरकारका तर्फबाट वार्ता भएको प्रधानमन्त्रीले बैठकलाई जानकारी गराउनुभयो ।

    प्रहार न्यूज

    प्रतिक्रिया
    ताजा अपडेट
    धेरै पढिएको
    सम्बन्धित समाचार