काठमाडौं - लोक दोहोरी गायकले समाजमा भएका यथार्थ घटना लाई समेटेर बनाएको लोक दोहोरि गीत ठेला गाडा सार्बजनिक गर्नु भएको छ ठेला गाडा बोलको यस गित बजारमा राम्रो चर्चाको शिखरमा रहेको छ । गीतमा दुर्गा लामिछाने र आशा बिसी को स्वर रहेको छ, भने शब्द गजेन्द्र पन्तले कोर्नु भएको छ ।
ठेला ठेल्दा पसिना चुहिन्छ तरकारीनि बिक्दैन कुहिन्छ। कोठा भाडामा । काठमान्डौ बस्याछु कोठा भाडामा तरकारी बेच्दैछु ठेला गाडामा ।
समाज मा जे भैरहेको छ तेहि बिषयलाई समेटेर गित लेख्नु भएको छ । लय सन्तोष सुबेदिको रहेको छ कलकार यादब देबकोटा सरापे , सुसिला नितौला बिमलि , कृष्ण लामिछाने , र चर्चित मोडेल करिस्मा ढकालको अभिनय रहेको छ ।
नब मोडेल कृष्ण लामिछनेले गीत मलाई मन पर्यो र महिले अभिनय गरे गित ले जुन बिषय लाई उठायको छ त्यो हाम्रो समाजको तितो यथार्थ घटना हो समेत भन्नु भएको छ । एरेन्ज डिका गुरुङले गर्नु भएको गीत काठमाडौ डिजिटल स्टुडियो बाट रेकर्ड भएको हो ।
गितको भिडियो निर्देशन रमेश रसाइली ले गर्नु भएको छ भने सह निर्देशन अर्जुन सेन्चुरि आभासले गर्नुभएको छ । छायांकन बिजय लामाको रहेको छ । रमेश रसाईलिको सम्पादक रहेको त्यस गितले दर्शकको मन जित्ने गायक दुर्गा लामिछाने र कृष्ण लामिछानेको बिश्वास रहेको छ ।