भारतमा भेटियो फेरी अर्को रोग ५०० भन्दा बढी बिरामी, आत्तिए सर्वसाधारण !

भारतमा भेटियो फेरी अर्को रोग ५०० भन्दा बढी बिरामी, आत्तिए सर्वसाधारण !


  • 3.1K
    SHARES

  • भारतमा  भेटियो फेरी अर्को रोग ५०० भन्दा बढी बिरामी, आत्तिए सर्वसाधारण !

    काठमान्डौ - भारतमा एक रहस्यमय रोगका कारण ५०० भन्दा बढी मानिस बिरामी परेका छन् । स्थानीयहरूले मास हिस्टेरिया, खतरनाक सुँगुर कीटनाशक औषधि यसको कारण भएको बताएका छन् । 

    आन्ध्र प्रदेश राज्यको एलुरुमा सरकारले चिकित्सकहरूलाई अनुसन्धान गर्न पठाएको छ । रोगीहरूलाई आँखाअगाडि अँध्यारो छाउने, बिर्सने, बान्ता आउने र लगातार पीडा हुने समस्या देखिएका छन् । 

    अधिकांश संक्रमितहरू छिटै निको भएको तर रोगकै कारण कम्तीमा एकजनाको मृत्यु भएको चिकित्सकहरूले बताएका छन् । ‘केही मानिस यो मास हिस्टेरिया हो भनिरहेका छन् तर हैन,’ एएस रामले भने । उनी एलुरु सरकारी अस्पतालमा वरिष्ठ चिकित्सक हुन् । 

    अधिकांश रोगीलाई वास्तविक लक्षण देखिएको तर केले गर्दा यसो भइरहेको छ भन्न नसकिएको उनले बताए । कोरोनाभाइरसले सताइरहेको बेलामा भारतका लागि यो नयाँ समस्या थपिएको छ । 

    विज्ञहरूले रहस्यमय रोगका विषयमा अनेकथरी सिद्धान्त प्रस्ताव गरेका छन् । कसैले कीटनाशक औषधिमा भएका रसायन, केहीले खतरनाक सुँगुर र केहीले फोहरमैला व्यवस्थापनको अभावलाई यसको कारण भनेका छन् । 

    सोमवार जारी गरिएको आधिकारिक रिपोर्टमा यस रोगबाट तीनदेखि पाँच मिनेटसम्म छारे लाग्ने, बिर्सने, तनाव हुने, बान्ता आउने, टाउको दुख्ने र ढाडमा समस्या देखिने लक्षण देखापर्छन् भनी लेखिएको छ । 

    सरकारले नेसनल इन्स्टिच्युट अफ भाइरोलोजी, नेसनल सेन्टर फर डिजीज कन्ट्रोल र अल इन्डिया इन्स्टिच्युट अफ भाइरोलोजीका चिकित्सकहरूलाई अनुसन्धानका लागि खटाएको छ । चिकित्सक टोलीले खाने तेल, चामल, रगत र पिसाबबाट नमूना संकलन गरिरहेको बताइएको छ । 

    प्रहार न्यूज

    • बुधवार, मंसिर २४ २०७७१२:२०:४४
    प्रतिक्रिया
    ताजा अपडेट
    धेरै पढिएको
    सम्बन्धित समाचार