सर्बाधिक रुचाईयो बद्री पङ्गेनीको ‘तिम्रो घरमा मेरी छोरी’ !

सर्बाधिक रुचाईयो बद्री पङ्गेनीको ‘तिम्रो घरमा मेरी छोरी’ !


  • 4.0K
    SHARES

  • सर्बाधिक रुचाईयो  बद्री पङ्गेनीको ‘तिम्रो घरमा मेरी छोरी’ !

    काठमाडौं - जनवादी गायकका रुपमा निकै ख्याती कमाउन सफल गायक हुन् बद्री पङ्गेनी र गोपाल पोखरेलको लोकगीत ‘तिम्रो घरमा मेरी छोरी’ सर्बाधिक रुचाईएको छ। बद्री पङ्गेनी युटुब च्यानलबाट सार्वजनिक भएको गीतले झन्डै पाँच लाख पटक भन्दा धेरै हेरिएको छ। 

    वान डीबी रेकडिङ्ग स्टुडियोमा तयार पारिएको गीतमा पङ्गेनी र रचना रिमालको सुमधुर स्वर रहेको छ  । गीतमा नारायण ज्ञवालीका शब्द र पङ्गेनी आफैँको लय रहेको छ । जसमा विश्वास नेपालको सङ्गीत संयोजन रहेको छ ।

    अर्को रोचक कुरा के छ भने पहिलो पटक गीतको भिडियो निर्देशन पनि गायक पङ्गेनी आफैँले गरेका छन् । उनका प्रायः गीतहरुमा चर्चित मोडल तथा निर्देशक शंकर बिसी अनुबन्धीत हुने गरेका थिए ।

    बिपी फिल्म प्रालिले निर्माण गरेको भिडियोमा कलाकारद्धवाय सन्तोष पन्त, लक्ष्मी गिरी, टीका जैसी, रेश्मी भट्ट, कृष्ण बराल, मनिषा राउत र बालकलाकार जेनिशा बुढा मगरको अभिनय रहेको छ । 

    भिडियो :

    प्रहार न्यूज

    • बिहिवार, पौष २ २०७७११:३१:३६
    प्रतिक्रिया
    ताजा अपडेट
    धेरै पढिएको
    सम्बन्धित समाचार