पुर्व माओबादी खेमाका मन्त्रीहरूलाई राजीनामा दिन प्रचण्डको निर्देशन !

पुर्व माओबादी खेमाका मन्त्रीहरूलाई राजीनामा दिन प्रचण्डको निर्देशन !


  • 1.8K
    SHARES

  • पुर्व माओबादी खेमाका मन्त्रीहरूलाई राजीनामा दिन प्रचण्डको निर्देशन  !

    काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गर्न सिफारिस गरेसँगै नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षका मन्त्रीहरुलाई राजीनामा दिन निर्देशन दिइएको छ।

    केही मन्त्रीको विरोधका बाबजुद ओलीले आइतबार बिहान प्रतिनिधिसभा विघटनका लागि राष्ट्रदेवी विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेसँगै प्रतिक्रिया स्वरुप नेकपाको दाहाल-नेपाल पक्षले आफू निकट मन्त्रीहरुलाई फिर्ता बोलाउने निर्णय गरेका हुन्। नेकपाका एक सचिवालय सदस्यका अनुसार प्रचण्ड र नेपाल दुवैले आफू निकट रहेका मन्त्रीहरुलाई राजीनामा दिन निर्देशन दिएका हुन्।

    यस्तो छ सिंहदरबारस्थित संघीय संसद्

    सिंहदरबारस्थित संघीय संसद्  सचिवालमा भेला भएका नेकपा सांसदहरुले संसद भंग गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्तावको विरोध गरेका छन् । बिहान विभिन्न संसदीय समितिको बैठकका लागि सिंहदरबार पुगेका उनीहरुले प्रधानमन्त्रीको अप्रत्याशीत निर्णयको खबर बाहिरिएछि सो निर्णयको भत्सर्ना गरेका हुन् । 

    नेकपा सांसद जयपुरी घर्तीले भनिन्–‘अघि बिहान हामी केही सांसदहरु उपस्थित भएका थियौँ । प्रधानमन्त्रीले संसद् विगठनका लागि प्रस्ताव गरेको कुरा आयो । संविधान विपरित काम गरेको भनेर हामीले विरोध जनाएका छौँ ।

    यस्तो भन्छन ओली 

    प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीमाथि नेकपाकै एक तिहाई सांसदहरुको हस्ताक्षरमा महाअभियोग प्रस्ताव दर्ता गर्ने तयारी गरेको सुचना पाएपछि संसद विघटन गरेको दावी गरेका छन्। 

    संसद विघटनको सिफारिस बोकेर राष्ट्रपति निवास पुगेका ओलीले भण्डारीसँग पनि विघटन गर्नुपर्नको कारण महाअभियोग भएको जानकारी गराएको बालुवाटार स्रोतको दावी छ। 

    ‘आफ्नै दलको राष्ट्रपतिलाई महाअभियोग लगाउने तयारीको सुचना थाहा पाएपछि प्रधानमन्त्रीज्यू संसद विघटनतर्फ जानु भएको हो’, बालुवाटार स्रोतले काठमाडौं प्रेसलाई भन्यो, ‘फ्रेस म्याण्डेटमा जान किन कोही डराउनु पर्‍यो र रु’

    संविधान अनुसार राष्ट्रपतिमाथि  संसदका २५ प्रतिशत सांसदहरुले हस्ताक्षर गरेर महाअभियोग प्रस्ताव संसदमा दर्ता गरे लगत्तै निलम्वन हुने व्यवस्था छ । राष्ट्रपति निलम्वन भए लगत्तै उपराष्ट्रपतिले राष्ट्रपतिले गर्दै आएको काम कारबाही गर्ने प्रावधान छ।    

     

    प्रहार न्यूज

    • आइतवार, पौष ५ २०७७०२:०४:१५
    प्रतिक्रिया
    ताजा अपडेट
    धेरै पढिएको
    सम्बन्धित समाचार