मान्छे हानेर भागे ओली सरकारका मन्त्री, घाईतेको अवस्था गम्भीर !

मान्छे हानेर भागे ओली सरकारका मन्त्री, घाईतेको अवस्था गम्भीर !


  • 6.2K
    SHARES

  • मान्छे हानेर भागे ओली सरकारका मन्त्री, घाईतेको अवस्था गम्भीर !

    सर्लाही - आफू सवार जीपले पैदलयात्रुलाई ठक्कर दिएपछि शहरी विकास मन्त्री प्रभु साह सवार उद्दार गर्नुको साटो भागेकाु छन्‌। मन्त्री सवार गाडीको ठक्करबाट घाइते भएका पैदलयात्री गम्भीर अवस्थामा छन्‌।

    ​पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको हरिवनमा मन्त्री साह सवार ना १ झ ३८४२ नम्बरको जीपले आज मध्याह्न ठक्कर दिँदा लालबन्दी नगरपालिका–८ चन्द्रपुरका ३० वर्षीय बच्चु तामाङ गम्भीर घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

    घाइते तामाङको अहिले हरिवनस्थित स्वाभिमान अस्पतालमा उपचार भइरहेको छ। मन्त्री प्रभु साह सवार गाडीले ठक्कर दिँदा घाइते भएका बच्चु तामाङ ।

    जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक सन्तोष सिंह राठौरले मन्त्री साह चढेको जीपले पैदल यात्रुलाई ठक्कर दिएको बताए। मन्त्री साह रौतहटबाट महोत्तरीको जलेश्वरतर्फ जाँदै गर्दा जीपले ठक्कर दिएको राठौरले जानकारी दिए।

    मुलुकको मन्त्रीजस्तो जिम्मेवारीमा रहेको व्यक्तिले दुर्घटना पश्चात घाइतेको उद्धार लगायतमा जुट्‍नुको साटो फरार हुनु मानवीय संवेदनाकै उपहास भएको भन्दै स्थानीय आक्रोशित बनेका छन् ।

    दाहाल र नेपाल सडकमा 

    विभाजित नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड–नेपाल समूह सरकार विरुद्धको आन्दोलनमा एक्लै जाने भएको छ। कांग्रेस र जनता समाजवादी पार्टीले संयुक्त आन्दोलनको प्रस्तावलाई अस्वीकार गरेपछि सो समूह आन्दोलनका कार्यक्रम लिएर एक्लै संघर्षमा उत्रन लागेको हो।  

    पुस १४ गते देशभर एकसाथ विरोधसभा गरेको सो समूहले संघर्षका थप कार्यक्रमका लागि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसँग सहकार्य गरेर संयुक्त आन्दोलनको कार्यक्रम घोषणा गर्ने तयारी गरेको थियो ।

    तर ती दलले संयुक्त आन्दोलनप्रति रुचि नदेखाएपछि एकल रूपमा संघर्षका कार्यक्रम घोषणाको तयारीमा प्रचण्ड–नेपाल समूह लागेको हो। अहिले जिल्लाजिल्लामा प्रतिनिधिसभा विघटनविरुद्ध सो समूहको प्रदर्शन भइरहेको छ ।

    साथै सबै जनवर्गीय संगठन र मोर्चा संगठनका केन्द्रीय बैठक र भेला पनि भइरहेका छन्। २० गते सबै नगरपालिका र गाउँपालिकासम्म पार्टी बैठक र भेला तथा पुस २५ गते सबै वडामा बैठक र भेला गर्ने प्रचण्ड–नेपाल समूहले जनाएको छ।

    सो समूहका पार्टी अध्यक्षद्वय पुष्पकमल प्रचण्ड र माधवकुमार नेपालले पुस १५ गते नै सरकारविरुद्ध आन्दोलनका लागि थप कार्यक्रम घोषणा गर्ने बताएका थिए ।

    तर बुधबार सो समूहको स्थायी कमिटीको बैठक नै बस्न सकेन। प्रचण्डपत्नी सीता प्रचण्ड बिरामी परेका कारण स्थायी कमिटीको बैठक बस्न नसकेको बताइएको छ। 

    प्रहार न्यूज

    • शनिवार, पौष १८ २०७७०२:३६:५४
    प्रतिक्रिया
    ताजा अपडेट
    धेरै पढिएको
    सम्बन्धित समाचार