यी हुन् खुलेरै दाहाल समूहमा लागेका जिल्ला इन्चार्ज, यस्तो छ नेकपाको सक्ति समीकरण !

यी हुन् खुलेरै दाहाल समूहमा लागेका जिल्ला इन्चार्ज, यस्तो छ नेकपाको सक्ति समीकरण !


  • 2.9K
    SHARES

  • यी हुन्  खुलेरै दाहाल समूहमा लागेका जिल्ला इन्चार्ज, यस्तो छ नेकपाको सक्ति समीकरण !

    काठमान्डौ - नेकपाका भूगोलमा ७७ जिल्ला र जिल्ला कमिटीको हैसियतमा रहेका ५ कमिटी सक्रिय छन् । ती जिल्लामा केन्द्रीय सदस्यलाई जिल्ला इन्चार्ज तोकिएको छ। जसले जिल्ला र केन्द्रको नेतृत्वबीच सेतुको काम गर्छन्।

    नेकपामा दुई समूह विभाजन भएसँगै जिल्ला इन्चार्ज पनि बाँडिएका छन् र तीमध्ये अहिले धेरैजसो इन्चार्ज जिल्लाको गतिविधिमा संलग्न छन्। ८२ जिल्ला इन्चार्जमध्ये ५७ जना प्रचण्ड(नेपाल पक्षमा छन् भने २२ जिल्ला कमिटीका इन्चार्ज ओली समूहतर्फ खुलेका छन्।

    २ जिल्ला कमिटीका इन्चार्ज कतै पनि खुलेका छैनन्। नुवाकोट जिल्लाको इन्चार्ज पद खाली छ। यसअघिका इन्चार्ज महेन्द्रबहादुर पाण्डे चीनका लागि राजदूतमा नियुक्त भएपछि रिक्त भएको हो।

    बर्दियाका इन्चार्ज लक्ष्मण ज्ञवाली उपाध्यक्ष वामदेव गौतमनिकट छन्। पार्टी एकताका लागि गौतमले चाल्ने कमदप्रति समर्थन जनाउँदै उनी कुनै पक्षका भेलामा पनि गएका छैनन्। त्यसैगरी कञ्चनपुरका इन्चार्ज विक्रम शाही पनि कतै खुलेका छैनन्। विगतमा उनी ओली नजिक थिए।

    ‘संसद विघटन गरेको विषय चित्त बुझेको छैन। यसले देशमा अस्थिरता ल्याउँछ भन्ने लागेको छ,’ शाहीले भने, ‘मन परेका मानिस एकातिर भए र मेरो धारणा अर्कातर्फ भयो । त्यसैले कसैका भेला र बैठकमा सहभागी भएको छैन।’

    प्रदेश १
    प्रदेश १ का १४ जिल्ला र जिल्ला कमिटीको हैसियतको महानगर कमिटी छन्। १५ जना इन्चार्जमध्ये प्रचण्ड नेपाल-पक्षमा १४ जना देखिएका छन भने ओलीतर्फ एक जना मात्रै देखिएका छन् । खोटाङका इञ्चार्ज विशाल भट्टराई मात्र ओली समूहमा लागेका हुन्। त्यसैगरी जिल्ला इन्चार्जमा पनि प्रचण्ड-नेपाल समूहको वर्चश्व देखिएको छ ।

    प्रदेश २
    प्रदेश नम्बर २ को जिल्ला कमिटीको पदाधिकारीमा जस्तै जिल्ला इन्चार्जहरुमा पनि प्रचण्ड नेपाल समूहको बर्चश्व देखिएको छ । नौ वटा जिल्ला कमिटी मध्ये ७ वटा जिल्ला इन्चार्जले प्रचण्ड नेपाल पक्षलाई साथ दिएका छन् भने २ जना ओलीतर्फ छन्।

    बाग्मती प्रदेश
    बागमतीमा ३ महानगर कमिटीसहित १६ वटा जिल्ला इन्चार्ज छन्। जसमा जसमा प्रचण्ड(नेपाल पक्षमा १४ जना र ओलीतर्फ १ जना छन्। एक जिल्ला कमिटीको इन्चार्ज खाली छ।

    गण्डकी प्रदेश
    गण्डकी प्रदेशमा प्रचण्ड नेपार ओली पक्ष बराबर इन्चार्ज रहेका छन्। दुवै पक्षमा ६(६ जना इन्चार्ज देखिएका छन्।

    लुम्बिनी प्रदेश
    लुम्बिनीमा १२ वटा जिल्ला कमिटीका इन्चार्ज मध्य एक जना तटस्थ देखिएका छन्। ६ जिल्ला कमिटीका इन्चार्ज प्रचण्ड(नेपाल समूहमा छन भने ५ जनाले ओलीलाई साथ दिएका छन् ।

    कर्णाली प्रदेश
    कर्णाली प्रदेशका जिल्ला इन्चार्जमा प्रचण्ड(नेपाल समूहको संख्या बढी छ। जसमा ६ जना प्रचण्ड(नेपाल समूहमा छन भने ४ जना मात्र ओलीतर्फ। 

    सुदूरपश्चिम प्रदेश  
    सुदुर पश्चिममा भने दुवै पक्षको संख्या बराबरी छ। लामो समयदेखि ओली निकट रहेका एक जिल्ला इन्चार्ज कतै नखुलेपछि दुवैतर्फ इन्चार्जको संख्या बराबरी भएको हो ।

    ओली विरुद्ध तिन दल एकठाउमा 

    जनता समाजवादी पार्टी जसपाले प्रतिनिधिसभा विघटनको विरोधमा रहेका दल र शक्तिहरूबीचको ध्रुवीकरणमा जोड दिएको छ । ध्रुवीकरणले मात्रै व्यापक जनमत खडा गर्ने र त्यसले अदालतलाई समेत मनोवैज्ञानिक प्रभाव पार्न सक्ने जसपाको धारणा छ ।

    जनता समाजवादी पार्टीले मंगलबार राजधानीमा गरेको अन्तरक्रियामा सहभागी पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, बाबुराम भट्टराई, कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, नेताहरू उपेन्द्र यादव, महन्थ ठाकुर, राजेन्द्र महतो र अशोक राईलगायत ।

    नेकपाको दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपाल र कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको उपस्थितिमा जसपाले मंगलबार आयोजना गरेको अन्तरक्रियामा अध्यक्ष उपेन्द्र यादवले प्राप्त उपलब्धिको रक्षा र व्यवस्थाको संरक्षणमा प्रतिनिधिसभा विघटनविरुद्ध रहेका सबै शक्तिबीच

    एउटै बुझाइ हुन आवश्यक भएको बताए । जसपा नेताहरूले संयुक्त सडक संघर्षबाट प्रतिनिधिसभा पुनःस्थापना र सभामुखद्वारा बैठक बोलाउने दुई विकल्प अघि सारेका थिए ।

    विघटन असंवैधानिक कदम भएकाले प्रतिनिधिसभा मरिनसकेको तर्क गर्दै यादवले संसदीय सर्वोच्चताको प्रयोग गरेर सभामुखले बैठक बोलाउन सक्ने तर्क गरे ।

    कांग्रेस, नेकपा र जनता समाजवादीका दुई तिहाइभन्दा बढी सांसद उपस्थिति बैठकले प्रधानमन्त्रीको असंवैधानिक कदमलाई संसद्बाटै खारेज गर्न सकिने तर्क यादवको थियो ।

    संयुक्त संघर्षबाट प्रतिनिधिसभा पुनःस्थापनाको मुद्दामा नेपाल र पौडेलले समर्थन जनाए पनि सभामुखले संसद् बैठक बोलाउनुपर्ने मागमा भने उनीहरूले प्रतिक्रिया दिएनन् ।

    नेपालले विघटनको विरोधमा रहेका राजनीतिक दलको संयुक्त संघर्षमा जोड दिए । उनले प्रधानमन्त्री ओली एक जनाको सनकको भरमा प्रतिनिधिसभा विघटन गरिएकाले त्यस्तो असंवैधानिक कदम सच्याउनका लागि कांग्रेस र जसपाले संयुक्त सडक संघर्षमा जोड दिनुपर्ने बताए ।

    ‘एक जनाको सनकको भरमा, एक जनाको गलत व्याख्याका आधारमा सिंगो देशको भाग्य र भविष्यलाई खाडलमा पुर्‍याउन पाइँदैन, यो गणतन्त्र र संघीयतामाथिको हमला हो, बूढो मर्‍यो भन्दा पनि काल पल्किएको जस्तो लागेको छ,’ उनले भने, ‘असंवैधानिक र अधिनायकवादी कदमविरुद्ध

    सडकमा सँगै अगाडि बढौं ।’ उनले सर्वोच्च अदालतले संविधानको मूल मर्म र भावनाविरुद्ध कदम चाल्नेलाई बाटो देखाउनुपर्ने बताए । ओलीको कदमले संघीयता, गणतन्त्र, समावेशितालगायतका उपलब्धि धरापमा परेको उनको भनाइ थियो ।

    कांग्रेस वरिष्ठ नेता पौडेलले सुरुका दिनमा आफ्नो पार्टी केही अलमलिएजस्तो देखिए पनि अहिले प्रस्ट दृष्टिकोण बनाएर अघि बढेको बताए । कांग्रेसले सोमबारको केन्द्रीय कार्यसमिति बैठकबाट सडक संघर्षका कार्यक्रम घोषणा गरेको थियो ।

    प्रहार न्यूज

    • बुधवार, पौष २२ २०७७११:१६:४२
    प्रतिक्रिया
    ताजा अपडेट
    धेरै पढिएको
    सम्बन्धित समाचार