भित्र भित्रै यस्तो छ ओली र देउवाको समिकरण, चुनाबी तालमेल देखि सत्ता साझेदार !

भित्र भित्रै यस्तो छ ओली र देउवाको समिकरण, चुनाबी तालमेल देखि सत्ता साझेदार !


  • 3.6K
    SHARES

  • भित्र भित्रै  यस्तो छ ओली र देउवाको समिकरण, चुनाबी तालमेल देखि सत्ता साझेदार !

    काठमान्डौ - प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीच केन्द्र देखि प्रदेशसम्म समिकरणको तयारी भएको छ । दुई नेताबीच केन्द्र सरकारले गर्ने नियुक्ति देखि प्रदेश सरकारमा समेत समिकरण बनाएर जाने तयारी भएको हो ।

    यसका लागि दुवै नेताबीच नियमित छलफल भइरहेको बुझिएको छ । नेपाल कम्युनिस्ट पार्टी विभाजनसँगै प्रदेश १ र बागमती प्रदेशमा अविश्वासको प्रस्ताव दर्ता भएको छ ।

    त्यसलाई असफल बनाउन ओलीले देउवासँग सहयोग मागेका छन् । दुवै नेताबीच राजनीतिक भागवण्डाबाट समिकरणको तयारी भएको छ । अविश्वासको प्रस्ताव आएका प्रदेशहरुमा नेकपाको ओली समूहले काँग्रेससँग मिलेर सत्ता साझेदारीको प्रयास थालेको छ ।

    काँग्रेसको साथ भए प्रदेश १ मा शेरधन राई र बागमती प्रदेशमा डोरमणि पौडेलको मुख्यमन्त्री पद जोगिनसक्छ । अन्यथा अविश्वासको प्रस्ताव पारित हुने सम्भावना बलियो छ ।

    प्रदेशमा मिलेर जाने सम्भावनाबारे देउवा निकटस्थले पनि ओली निकटस्थसँग छलफल चलाएका छन् । यो निर्णयमा भने नपुगेको अवस्था छ । केन्द्रमा पनि ओली र देउवाबीच भित्री सहमति बनेको देखिन्छ ।

    संवैधानिक परिषद्ले संवैधानिक निकायमा गरेका नियुक्तिहरुमा ओली र देउवाबीच भागवण्डा भएको छ । देउवा निकटस्थहरुले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोगलगायत विभिन्न निकायमा नियुक्तिको सिफारिशमा पर्ने अवसर पाएका छन् ।

    बामदेवले गरे छुट्टै संगठन बनाउने घोषणा 

    नेपाल कम्युनिस्ट पार्टी नेकपा विभाजित भएपछि तटस्थ देखिएका उपाध्यक्ष बामदेव गौतमले छुट्टै संगठन बनाउने घोषणा गरेका छन् । बिहीबारको राष्ट्रियसभा बैठकमा बोल्दै गौतमले आफू प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ कतैतिर पनि नजाने र छुट्टै संगठन बनाउने स्पष्ट पारे ।

    गौतमले नेकपा दुई समूहमा विभाजित भए पनि सकभर एकताको लागि अझै पनि प्रयास गरिरहेको पनि बताए । ‘नेकपा २ समूहमा विभाजित छ, म कुनै समुहमा छैन । राजनीतिक रुपमा विभाजित छ, कानुनी रुपमा के हुन्छ भन्न सकिँदैन ।

    एकताको निम्ति लामो प्रयत्न गरेकाले, फेरि एकता गराउन प्रयास गरिरहेको छु । संगठनात्मक संरचना निर्माण गरेर जाने पक्षमा छु,’ उनले भने, ‘अहिले २ वटा समूहका मुख्य नेताहरू एकअर्काविरुद्ध यसरी उत्रनुभएको छ, समाजवादी सभ्यता निर्माण गर्छौ भन्नेलाई लाज लाग्ने गरी ।’ 

    प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने यसअघिका प्रयास रोकेको भए पनि पुस ५ गते अविश्वासको प्रस्ताव दर्ता हुँदैछ भनेर आफूले थाहै नपाएको गौतमले बताए ।

    अविश्वासको प्रस्तावबाट आफ्नै पार्टीको नेतालाई पराजित गर्ने यस्तो काम होला भन्ने आफूले कहिल्यै नसोचेको उनले बताए । ‘पार्टी एकता जोगाउन म विरोधी जस्तो भएर प्रकट भएँ । अविश्वासको प्रस्तावबाट आफ्नै पार्टीको नेतालाई पराजित गर्ने यस्तो काम होला भन्ने मैले सोचेको थिइनँ ।

    आलोचना गर्ने समूहमा बसेर पनि पार्टी एकता जोगाउन अविश्वासको प्रस्ताव असफल बनाएको थिएँ,’ गौतमले भने, ‘पार्टीमा आरोप–प्रत्यारोपको पत्र राख्दा पनि सुधारका लागि सम्भव उपाय हुन्छ भनेको थिएँ ।

    यसपटक अविश्वासको प्रस्ताव लैजाँदा सोधिएन, पुस ५ गते अविश्वासको प्रस्ताव लैजाँदा मलाई थाहा भएन । उपाध्यक्ष गौतमले आफूविरुद्ध अविश्वासको प्रस्ताव आउँदा–आउँदै पनि प्रधानमन्त्री केपी ओलीसामु पार्टी एकता जोगाउने अवसर रहेको बताएका छन् ।

    ‘अविश्वासको प्रस्ताव आउँदा–आउँदै पनि पार्टी जोगाउन अन्तिम पटक पनि अवसर थियो । मैले सोचें, म त्यो ठाउँमा भएको भए अविश्वासको प्रस्ताव दर्ता गर्नुभन्दा पहिल्यै राजीनामा दिन्थे । त्यो एउटा उदाहरण प्रस्तुत हुन्थ्यो, आगामी दिनमा यो आन्दोलन अगाडि बढाउन चाहनेको लागि,’ उनले भने ।

    प्रहार न्यूज

    • बिहिवार, पौष २३ २०७७०५:२६:३६
    प्रतिक्रिया
    ताजा अपडेट
    धेरै पढिएको
    सम्बन्धित समाचार