मेरो लोकप्रियता को परिक्षण निर्वाचनमा गरौँ : केपी ओली

मेरो लोकप्रियता को परिक्षण निर्वाचनमा गरौँ : केपी ओली


  • 892
    SHARES

  • मेरो लोकप्रियता को परिक्षण निर्वाचनमा गरौँ  : केपी ओली

    काठमाण्डौ - प्रधानमन्त्री केपी शर्मा ओलीले मेरो लोकप्रियता आगामी निर्वाचनमा परिक्षण हुने बताएका छन्।  आइतबार राष्ट्रियसभाको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन। 

    प्रचण्ड र नेपाल तर्फ इंकित गर्दै लोकप्रियता जाँच गर्नको लागि निर्वाचनमा आउन को लागि आग्रह समेत गरेका छन् । उनले भने केपी ओलीको लोकप्रियता सुन्यमा झर्यो भन्ने हरुले निर्वाचनको माध्यम बाट जाँच गर्न चुनौती दिन्छु। 

    यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले कसैले छाड् भनेर प्रधानमन्त्री पद छाड्ने विषय नभएको बताएका छन् । राष्ट्रियसभाको बैठकलाई आज सम्बोधन गर्दै उनले प्रधानमन्त्री पद दान नभएकाले कसैलाई दिन या छाड्न नसकिने टिप्पणी गरे ।

    ‘प्रधानमन्त्री पद दान हो र छाड्ने १’ ओलीले भने, ‘कमण्डलु थापेपछि पाइने चीज हो र प्रधानमन्त्री पद १’ नेकपा अध्यक्ष प्रचण्डतर्फ संकेत गर्दै ओलीले कसैका लागि प्रधानमन्त्री पद छाड्न नसकिने बताए । उनले प्रधानमन्त्री बन्नका लागि चुनाव लडेर आउन चुनौती दिए ।

    आफूले कर्तव्यबोधका साथ मध्यावधि चुनाव घोषणा गरेको दाबी गरे । उनले भने, ‘मैंले गल्ती गरेको भए जनताले दण्ड देलान् नि ।’ उनले चुनावी मैदानमा आएर देखाउन आफ्ना विरोधीहरुलाई चुनौती दिए ।

    सरकारलाई काम गर्न दिईएन 

    प्रधानमन्त्री केपी शर्मा ओलीले बहुमत प्राप्त सरकारलाई काम गर्न नदिएर घेराबन्दी गरेपछि प्रतिनिधिसभा विघटन गर्नु परेको बताएका छन् । आइतबार राष्ट्रियसभाको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले बहुमतको पार्टीलाई खण्डीकरण गर्न खोज्ने, जोड घटाउ, लेनदेनमा अल्झाउने काम गरेको, संसदमा पेस गरेको विधेयक अघि बढाउन नदिने, संसदलाई असफल पार्न खोज्ने प्रयास गरिएको दावी गरेका छन् । 

    उनले गएको बैशाख १३ देखि पुस ४ सम्म  पार्टीलाई कमजोर पार्न एउटै नेताको घरमा २ सय ८० बैठक बसेको आंकडा प्रस्तुत गरे । यस्तै ३५ बैठक अन्तै बसेको पनि उनले बताए । देशलाई अस्थिरतामा लैजाने प्रयास गरेपछि ताजा जनादेशमा जान बाध्य भएको उनको दावी छ । 

    देश आम निर्वाचनतर्फ उन्मुख भएको बताउँदै उनले प्रतिनिधिसभा ५ वर्ष चल्ने सोचे पनि सरकारलाई काम गर्न नदिने, काममा व्यवधान खडा गर्ने, झमेला मात्रै गर्ने, केही व्यक्तिको व्यक्तिगत पदलोलुपताले देशलाई नै बन्धक बनाउन खोजेपछि प्रतिनिधिसभा विघटन गरेर निर्वाचनको मिति घोषणा गरेको बताए । 

    उनले आफूले ५ वर्ष संसद र सरकार टिकोस् भन्ने चाहेको, जनताले पनि ५ वर्ष सरकार टिकोस् भनेर बहुमत दिएको बताउँदै सरकार परिर्वतन नचाहेको उल्लेख गरे । 

     

    प्रहार न्यूज

    • आइतवार, पौष २६ २०७७०२:१८:००
    प्रतिक्रिया
    ताजा अपडेट
    धेरै पढिएको
    सम्बन्धित समाचार