ओलीको निर्देशन बिना निर्वाचनको तयारी रोकिदैन : निर्वाचन आयोग

ओलीको निर्देशन बिना निर्वाचनको तयारी रोकिदैन : निर्वाचन आयोग


  • 3.2K
    SHARES

  • ओलीको निर्देशन बिना निर्वाचनको तयारी रोकिदैन : निर्वाचन आयोग

    काठमाडौं - वैशाखमा निर्वाचन हुने गरी निर्वाचन गतिविधि अघि नबढाउन नेपाल कम्युनिस्ट पार्टीको पुष्पकमल दाहाल प्रचण्ड(माधव कुमार नेपाल पक्षले गरेको आग्रहलाई निर्वाचन आयोगले अस्वीकार गरेको छ।

    लिखित पत्र लिएर निर्वाचन आयोग पुगेका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाललगायत नेतालाई आयोगले सरकार वा अदालतबाट प्रक्रिया रोक्न नभनी प्रक्रिया रोक्न नमिल्ने जवाफ दिएको हो।

    प्रतिनिधिसभा विघटनको मुद्दा सर्वोच्चमा विचाराधिन रहेकाले वैशाखमा निर्वचान गर्ने गरी प्रक्रिया अगाडि नबढाउनु भन्ने उहाँहरुको आग्रह थियो,ु आयोग स्रोतले भन्यो, तर हामीले सरकारको निर्णय अनुसार प्रक्रिया अगाडि बढाएकाले सरकार वा अदालतबाट रोक्न भन्ने आदेश आए मात्र प्रक्रिया रोक्न सक्ने भनेका छौं।

    प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले कानुनअनुसार प्रक्रिया अगाडि बढाएको जानकारी उनीहरुलाई गराएको बताए। ुसामान्य छलफल भयो। उहाँहरुले आफ्नो कुरा राख्नुभयो। हामीहरुले हाम्रो प्रक्रियाका विषयमा जानकारी दियौँ, उनले भने।

    प्रधानमन्त्री केपी ओलीले प्रतिनिधि सभा विघटन गरी वैशाख १७ र २७ गते प्रतिनिधि सभा निर्वाचन तोकेपछि निर्वाचन आयोगले तयारी अघि बढाएको बताएको छ।

    प्रचण्ड(नेपाल पक्षले भने प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा भएकाले तत्काल निर्वाचनसम्बन्धी कार्यक्रम नगर्न आग्रह गरेको स्थायी कमिटी सदस्य लिलामणि पोखरेलले नेपाल लाइभसँग बताए। 

    ‘प्रधानमन्त्रीले असंवैधानिक रुपमा संसद् विघटन गरेको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा छ। अदालतमा विचाराधिन मुद्दा टुंगो नलाग्दासम्म निर्वाचनमा कार्यक्रम अगाडि बढाउँनुहुदैन भन्ने कुरा नै प्रमुख मुद्दा हो,’ पोखरेलले भने, ‘त्यसमा निर्वाचन आयोगले हामीले अरु

    कार्यक्रम अगाडि बढाएका छैनौँ। मतदाता नामावाली घोषणा भएकै दिनदेखि त्यसमा थप केही हुँदैन त्यसैमा काम गरेका छौँ। स्थायी मतदानस्थलको व्यवस्थापन र कार्यक्रममा मात्रै काम गरेका हौँ। अरु हामीले केही गरेका छैनौँ भनेर जवाफ दिएका हुन्।’

    राजनीतिक रुपमा आम सहमति भई नसकेकाले अरु निर्वाचनसम्बन्धी कार्यक्रममा अगाडि नबढेको निर्वाचन आयोगले जनाएको छ। पार्टीको पत्र लिएर प्रचण्ड(नेपालसहित लिलामणि पोखरेल, राजेन्द्र पाण्डे, रामनारायण बिँडारी, कृष्णभक्त पोखरेललगायत नेता निर्वाचन आयोग पुगेका थिए।

    प्रहार न्यूज

    • मंगलवार, पौष २८ २०७७१०:५९:०९
    प्रतिक्रिया
    ताजा अपडेट
    धेरै पढिएको
    सम्बन्धित समाचार