काठमान्डौ - नेकपाका शीर्ष नेताहरू दुई समूहमा विभाजित भएसँगै पार्टीको आर्थिक कारोबार र सम्पत्तिमा पनि विवाद बढेको छ संसद् सचिवालयले पौष २५ गते नै आफ्ना कर्मचारीहरूको तलब जम्मा गरिसक्यो। तर कर्मचारीसँगै तलब पाउँदै आएका राष्ट्रियसभाका सांसदको तलब केही दिन रोकियो ।
सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीमा उत्पन्न विवाद र विभाजनकै कारण त्यसो भएको हो। पार्टी विवादसँगै दुई धारमा बाँडिएका नेकपाका दुई दर्जन सांसदले लेभी रोकिदिन आग्रह गरेपछि संसद् सचिवालयले सांसदहरूको तलब निकासा गर्न यो महिना केही ढिलो भएको जनाएको छ।
दुई दल नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकतापछि गठित नेकपाले संयुक्त ब्याङ्क खाता नबुझाएकाले संसद् सचिवालयले एमाले र माओवादी केन्द्रबाट निर्वाचित सांसदको लेभी छुट्टाछुट्टै ब्याङ्क खातामा पठाउँदै आएको थियो।
सचिवालयका प्रमुख लेखा नियन्त्रक वसन्तराज सिग्देलका अनुसार एमालेपट्टिका सांसदको लेभी नबिल ब्याङ्कमा र माओवादीपट्टिका सांसदको एभरेस्ट ब्याङ्कमा जम्मा गरिन्थ्यो।
तर तात्कालिक एमालेबाट राष्ट्रियसभा गएका सांसदहरू प्रधानमन्त्री केपी ओलीको समूह परित्याग गरेर प्रचण्ड(माधव नेपाल समूहमा लागेपछि उनीहरूले एमालेको पुरानो खातामा जम्मा हुने आफ्नो लेभी रोकिदिन निवेदन दिए।
पार्टी विवादपछि प्रचण्ड(माधव नेपाल समूहका आफूसहित २३ सांसदले पार्टीलाई बुझाउँदै आएको लेभी रोक्का गरिदिन सचिवालयमा लिखित निवेदन दिएको राष्ट्रियसभा सदस्य उदया शर्मा पौडेलले बीबीसीलाई जानकारी दिइन्।
यो महिनाबाट ुमेरो लेभी कट्टी नगरिदिनुहोला, मेरै खातामा पैसा जम्मा गरिदिनुहोलाु भनेर निवेदन दिएकी छु। पछि जहाँ हुन्छ त्यहीँ दिन्छौँ, अहिले चाहिँ नदिने भन्ने हो,ू सांसद पौडेलले भनिन् ।
तर कुनै समूहमा नखुलेका तर दुवै पक्षले उपाध्यक्ष पदमै राखेका वामदेव गौतमले भने निवेदन दिएका छैनन् । सांसदहरूको निवेदन आएपछि यो महिनाबाट दुवै पक्षका सांसदको लेभी नकाटी पूरै तलब उनीहरूको खातामा जम्मा गरिदिने निर्णय भएको लेखा नियन्त्रक सिग्देलले बताए ।