प्रथम अध्यक्ष र महासचिव भएको पार्टी नै आधिकारिक हुन्छ : सुवास नेम्बाङ

प्रथम अध्यक्ष र महासचिव भएको पार्टी नै आधिकारिक हुन्छ : सुवास नेम्बाङ


  • 1.9K
    SHARES

  • प्रथम अध्यक्ष र महासचिव भएको पार्टी नै आधिकारिक हुन्छ  : सुवास नेम्बाङ

    काठमान्डौ - ओली समूहका नेकपा स्थायी समिति सदस्य सुवास नेम्बाङले आफूले २०७४ सालमा दिएको अभिव्यक्ति र अहिलेको अवस्था फरक भएको बताएका छन्।

    नेकपा ओली समूहले काठमाडौंमा आयोजना गरेको प्रदेश १ को भेलालाई सम्बोधन गर्दै नेम्बाङले आफूले त्यति बेला बोलेको विषयमा केही कुरा गर्न नचानहने बताए।

    ‘मैले बोलेको भाइरल बनाउनु भएछ।, साथीहरूले यसको बारेमा चासो राखेर मलाईनै सोधेको भए मै भन्दिन्थेँ’, उनले भने, ‘२०७४ सालमा संसदीय मामला पत्रकार समाजको कार्यक्रममा मैले संविधान बारेमा बोलेका कुराहरू त्यहाँ छन् ।

    मैले बोलेका कुरा त्यहाँ राखिएका छन्। तर अहिले कुरा अर्को छ। संसदीय शासन प्रणालीमा प्रधानमन्त्रीको एक प्रकारको विशेषाधिकार पनि हुन्छ । त्यसलाई संविधानले निषेध गरेको छैन ।

    उनले भिडियो भाइरल भएको प्रसङ्ग कोट्याउँदै अहिलेको प्रसङ्ग फरक भएको बताएका हुन् । तत्कालिन संविधान सभाका अध्यक्ष सुवास नेम्वाङले प्रधानमन्त्रीलाई संसद विघटन गर्ने अधिकार नभएको विषयमा गत २०७६ साल साउन ४ गते पत्रकारलाई प्रशिक्षण दिँदा बताएका थिए ।

    उनले त्यतिबेला प्रधानमन्त्रीले संसद विघटन गर्न सक्दैनु भनेका थिए । उनले त्यतिबेला नेपालको संसदीय प्रणाली विकृत बनेका कारण संविधानमा धेरै सुधार गरिएको उल्लेख गरेका थिए। नेम्वाङले विगतमा ५८ दिनसम्म संसद विघटन गर्ने अभ्यास गर्नु गलत भएको उल्लेख गरेका थिए।

    ओली र महासचिव विष्णु पौडेल भएको पार्टी नै आधिकारिक

    नेपाल कम्युनिस्ट पार्टी नेकपा ओली समूहका नेता सुवासचन्द्र नेम्वाङले पार्टी अध्यक्ष केपी शर्मा ओली र महासचिव विष्णु पौडेल भएको पार्टी नै आधिकारिक हुने दाबी गरेका छन् ।

    ओली पक्षीय नेकपाको प्रदेश १ ले काठमाडौंमा आयोजना गरेको भेलालाई सम्बोधन गर्दै नेता नेम्वाङले विधानअनुसार पार्टीको प्रथम अध्यक्ष ओली र महासचिव भएको आफूहरुको पार्टी ने आधिकारिक पार्टी भएको बताएका हुन्।

    ‘हाम्रा प्रत्यक निर्णयहरुमा केपी ओलीको हस्ताक्षरले मात्रै सबै काम कारबाही भएका कुराहरु हामीले निर्वाचन आयोगमा पठाएका छौं । उहाँहरुले निर्वाचन आयोगमा बुझाएको पत्रमा महासचिव त छँदै रहनेछ। त्यो अचम्म होइन ।

    त्यसैले हाम्रो भनाई छ। प्रथम अध्यक्ष केपी ओली र महासचिव विष्णु पौडेल जहाँ छ त्यहीनिर पार्टी छ,’ सम्बोधनका क्रममा उनले भने,‘हाम्रो पार्टीको विधानअनुसार पार्टी अध्यक्ष केपी ओलीको निर्देशनमा महासचिवले बैठक बोलाउँछ ।

    महासचिव नै नभएको बैठक बोलाएर हाम्रा कमरेड केपी ओलीलाई कारबाही गर्नुभएछ हुँदा हुँदा आज त महासचिव नै निकालिदिनुभएछ। कसरी ?  उनले अहिलेको सरकार काम चलाउन नभएको पनि दाबी गरे।

    उनले अहिलेको सरकारले सम्पूर्ण कामहरु गर्नसक्ने जिकिर समेत गरे। ‘अहिलेको सरकार काम चलाउन होइन। यो सरकारले एउटा सरकारले काम गर्ने सबै काम गर्न पाउँछ,’ उनले भने, ‘निर्वाचन आयोगले आचारसहिंता लागू नगरेसम्म यो सरकारले ‘फुल फ्लेज’ रुपमा काम गर्न पाउँछ।’

    पुस ५ गते सरकारले प्रतिनिधि सभा विघटन गरेपछि नेकपा लगभग विभाजित भइसकेको छ। संसद् विघटनपछि ओली र प्रचण्ड–नेपाल एक–अर्को समूहलाई आरोप प्रत्यारोप लगाइरहेका छन्।

    प्रहार न्यूज

    • शनिवार, माघ ३ २०७७०३:४०:३८
    प्रतिक्रिया
    ताजा अपडेट
    धेरै पढिएको
    सम्बन्धित समाचार