पार्टी नै भिभाजन गरि ओली समूहमा जादै जसपाका यी नेता, महतो संग भयो यस्तो सहमती !

पार्टी नै भिभाजन गरि ओली समूहमा जादै जसपाका यी नेता, महतो संग भयो यस्तो सहमती !


  • 56.5K
    SHARES

  • पार्टी नै भिभाजन गरि ओली समूहमा जादै जसपाका यी नेता, महतो संग भयो यस्तो सहमती !

    काठमान्डौ - संसद विघटन भएपछि सबैभन्दा भाँडभैलो सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र देखिएको छ । नेकपा विभाजित हुन सकेको छैन ।

    नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओलीसँग रिसाएका पुष्पकमल दाहाल ‘प्रचण्ड’–माधवकुमार नेपाल समूहले अर्को गुट चलाउन थालेका छन् ।

    ओली नेतृत्वको नेकपाले धुम्बाराहीस्थित पार्टी केन्द्रीय कार्यालय कब्जा गरेर बसेको छ । प्रचण्ड–माधव नेतृत्वको नेकपाले पूर्वमाओवादीको केन्द्रीय कार्यालयमा बैठकहरू गर्दै आएको छ ।

    नेकपा फुट्नका लागि निर्वाचन कानूनले दिएको छैन । प्रधानमन्त्री ओलीले निर्वाचन आयोगमा पार्टीलाई अध्यावधि गरिएको पत्र पठाएर जानकारी गराएका छन् ।

    ओलीले पार्टी विभाजन भएको जानकारी आयोगलाई दिएका छैनन् । उनले कुनै पनि नेतालाई कारबाही गरेका छैनन् । ओलीको रणनीति चाल पाएका प्रचण्ड–माधव समूहले नेकपामा आफूहरू अधिकारिकताका लागि माग दाबी गरेका छैनन् । कानूनअनुसार ओली बलियो अवस्थामा छन् ।

    राजनीतिक र संख्याको आधारमा हेर्ने हो भने प्रचण्ड–माधव समूह बलियो देखिन्छ । आयोगलाई यस्तो अवस्थामा नेकपा ओली समूह वा प्रचण्ड–माधव समूह कस्को हो भनेर फैसला सुनाउन समस्या भएको छ ।

    नेकपा नफुटेपछि केही महिनापछि नेकपा एकीकृत हुने सम्भावना ठूलो छ । अहिले एकअर्कालाई दोष दिइएपनि नेकपामा दुबै पक्षले पार्टीमा एकले अर्कालाई हटाएको छैन ।

    नेकपालाई मिलाउन दुबै समूहका दोस्रो तहका नेताहरूले भूमिका खेलिरहेका छन् । छलफलहरू बाक्लै भएपनि कुरा मिलेको छैन । उता, प्रधानमन्त्री ओलीले जनता समाजवादी पार्टीको एउटा समूहलाई भित्र्याउन खोजेका छन् ।

    हालै मात्रै जसपाका दुई जना केन्द्रीय सदस्यलाई ओलीले नेकपामा स्वागत गरिसकेका छन् । स्रोतका अनुसार जसपाका नेता राजेन्द्र महतोलाई नेकपामा भित्र्याउन ओलीले ठूलो प्रयास गरेका छन् ।

    ओली र महतोबीच बेलाबेला भेटवार्ता भइरहेको नेकपाका एकजना केन्द्रीय सदस्यले बताए । जसपाका महन्थ ठाकुर र शरतसिंह भण्डारी प्रचण्ड–माधव समूहसँग मिलेर जाने योजना बनाएको चर्चा छ ।

    ठाकुर र भण्डारीले प्रचण्ड–माधव समूहसँग गोप्य भेटवार्ताहरू गरेको स्रोतले जनाएको छ । ठाकुर र भण्डारीसँगै अन्य नेताहरू पनि डा.बाबुराम भट्टराई र उपेन्द्र यादवसँग रिसाएका छन् । बाबुराम र उपेन्द्रले तत्कालीन राजपाका नेताहरूलाई मन पराउँदैनन् । उनीहरूबीचको सम्बन्ध राम्रो छैन ।

    नेकपाभित्रको विवाद सरेर जसपामा पुगेको छ । जसपाभित्रको विवादका कुराहरू धेरै बाहिर आएका छैनन् । तर, जसपाभित्र विभाजनको ठूलो आशंका गरिएको छ ।

    के भन्छन सुवास नेम्वाङ

    पूर्वसभामुख तथा नेकपा ओली समूहका स्थायी समिति सदस्य सुवासचन्द्र नेम्वाङले निर्वाचनबाट नयाँ प्रधानमन्त्री नआउञ्‍जेल वर्तमान मन्त्रिपरिषद्ले सम्पूर्ण काम गर्न पाउने व्यवस्था संविधानमै उल्लेख भएको बताएका छन् ।

    पार्टीको प्रदेश(१ सम्पर्क समितिले शनिबार काठमाडौँमा आयोजित कार्यक्रममा नेम्वाङले निर्वाचन आयोगले निर्वाचन आचार(संहिता जारी नगर्दासम्म सरकारले सम्पूर्ण काम गर्न पाउने बताए । 

    वर्तमान सरकारले संविधानअनुसार नै काम गरिरहेको उनको भनाइ छ । संसद् विघटन भइसकेपछि सरकारले गरेका विभिन्‍न काममा प्रश्‍न उठाइएको भन्दै उनले सरकार संविधानअनुसार नै कार्यरत रहेको दाबी गरे ।

    संविधानको धारा ७७ ले प्रधानमन्त्री कस्तो अवस्थामा रिक्त हुन्छन् भन्‍ने व्यवस्था गरेको उनले बताए ।  सर्वोच्च अदालतमा मुद्दा विचाराधीन  रहेको अवस्थामा सरकारले तोकिएको समयमा निर्वाचन गराउदैन भनि भ्रम फैलाउँदै सर्वोच्चलाई अनावश्यक दबाब दिन खोजिएको नेम्वाङको भनाइ छ ।

    उनले अध्यक्ष केपी शर्मा ओली र महासचिव बिष्णुप्रसाद पौडेल रहेको पार्टीले नै आधिकारिकता पाउने बताए । देशको संविधान, कानुन तथा विगतको अभ्यासहरूको आधारमा पार्टीको आधिकारिकता आफुहरूले पाउनुको विकल्प नरहेको उनको भनाइ छ । 

    नेम्वाङले संविधानमा संसदीय शासन प्रणालीमा प्रधानमन्त्रीको विशेषाधिकार पनि हुने बताए । संविधानले प्रधानमन्त्रीको विशेषाधिकारलाई निषेध नगरेको उनको भनाइ छ ।

    प्रधानमन्त्री ओलीले आफुलाई बहुमत हुँदाहुँदै काम गर्न नदिएको भन्दै जनतामा जाने निर्णय गरेकाले जनतामा जाने कुरा ठिक कि बेठिक भन्‍ने चुनाव हुँदा जानताले नै फैसला गर्ने नेम्वाङले बताए । 

    प्रहार न्यूज

    • शनिवार, माघ ३ २०७७०५:४७:०६
    प्रतिक्रिया
    ताजा अपडेट
    धेरै पढिएको
    सम्बन्धित समाचार