प्रचण्ड र माधव मिल्दा पनि ओली समूह बलियो, स्थानीय तहमा शतप्रतिशत बहुमत !

प्रचण्ड र माधव मिल्दा पनि ओली समूह बलियो, स्थानीय तहमा शतप्रतिशत बहुमत !


  • 33.4K
    SHARES

  • प्रचण्ड र माधव मिल्दा पनि ओली समूह बलियो, स्थानीय तहमा शतप्रतिशत बहुमत !

    काठमान्डौ - पार्टी विभाजनपछि प्रचण्ड र माधव नेपालको राजधानी बाहिर पहिलो संयुक्त कार्यक्रम मंगलवार पोखरामा भयो । समग्र गण्डकीमै ओली पक्षभन्दा कमजोर रहेको सन्देश गएकाले कार्यकर्तालाई उत्साह भर्न विभाजित पार्टीका दुवै अध्यक्षलाई पोखरा बोलाइएको स्थानीय नेताहरुले बताएका छन् ।

    कास्की जिल्ला तत्कालीन समयमा पनि पूर्व एमालेको बलियो क्षेत्रका रुपमा मानिँदै आएको थियो । जिल्लाका प्रायः सबै जनप्रतिनिधि पूर्व एमालेतर्फबाटै विजयी भएकाले पनि विभाजनपछि पनि ओली पक्षकै दबदबा कायम रहने देखिएको हो ।

    पार्टी विभाजनपछि पूर्व माओवादीका ठूलो संख्या प्रचण्ड–माधव पक्षमा लागेपनि त्यसले जिल्लाको ‘राजनीतिक समीकरण’मा ठूलो प्रभाव नपार्ने ओली पक्षको दाबी छ ।

    पूर्व माओवादी बाहिरिएपनि एमालेको सबै हिस्सा आफूहरुसँगै रहेको दाबी नेकपा कास्की जिल्ला अध्यक्ष कृष्ण थापा बताउँछन् । ‘पार्टी नै विभाजन भएपछि केही पनि समस्या नहुने भन्ने हुँदैन ।

    केही समस्या त उत्पन्न हुन्छन् नै । पूर्व माओवादीतर्फका ठूलो संख्या बाहिरिनु भएको छ,’ नेपालप्रेससँग कुरा गर्दै थापाले भने, ‘तर त्यो ठूलो समस्या होइन । बाँकी पूर्व एमालेका सबै हामीसँगै हुनुहुन्छ ।’

    कास्कीबाट विजयी भएका विघटित प्रतिनिधिसभा सदस्यसमेत सबै ओली समूहमै छन् । प्रतिनिधि सभामा कास्कीबाट खगराज अधिकारी, विद्या भट्टराई अधिकारी र जगत विश्वकर्मा गरी ३ जना विजयी भएका थिए ।

    ‘तीनै जना पूर्व एमालेतर्फबाट विजयी हुनुभएको हो । उहाँहरु हाम्रै ९ओलीसमूह० पक्षमा हुनुहुन्छ,’ उनले भने । कास्कीका विभिन्न क्षेत्रबाट प्रदेश सभामा ११ जनाले प्रतिनिधित्व गर्छन् ।

    जसमध्ये ३ जनामात्रै दाहाल-नेपाल समूहमा गएको अध्यक्ष थापाको भनाइ छ । ‘८ जना पूर्व एमालेबाट निर्वाचित भएका थिए । उहाँहरु हाम्रैमा हुनुहुन्छ,’ उनले भने ।

    नेकपा कास्कीमा १ सय ५५ सदस्य छन् । सबै जिल्ला सदस्यमध्ये १ सय ७ जना ओली समूहमै रहेको अध्यक्ष थापाको दाबी छ । ‘अस्ति जिल्ला बैठक गरेका थियौं । बैठकमा १ सय ७ जना सहभागी हुनुभयो,’ उनले भने, ‘बैठकमा पूर्व माओवादीतर्फका २७ जनाले हस्ताक्षर गर्नु भएको छ ।’

    स्थानीय तहका सबै ओली पक्षमा
    कास्कीका सम्पूर्ण स्थानीय तहमा भने विभाजित नेकपा ओली समूहले एकछत्र कायम गरेको छ । कास्कीका पोखरा महानगर, माछापुछ्रे गाउँपालिका, मादी गाउँपालिका र रुपा गाउँपालिका गरी ४ स्थानीय तहमा तत्कालिन एमालेले जितेको थियो ।

    ती सबै स्थानीय तहका शतप्रतिशत जनप्रतिनिधि ओली पक्षमै रहेको अध्यक्ष थापाले जानकारी दिए । अन्नपूर्ण गाउँपालिकामा तत्कालिन एमालेले उपाध्यक्ष जितेको थियो ।

    पोखरा महानगरको ३३ वडामध्ये २२ वटा वडामा पूर्व एमाले विजयी भएको थियो भने पूर्व माओवादीले कुनै पनि वडामा जित निकाल्न सकेको थिएन ।

    पार्टी विभाजनपछि जिल्लामा ओली पक्ष बलियो देखिए पनि अबको राजनीतिक समीकरण कस्तो बन्ने भन्नेबारे पार्टीको वैधानिकता र चुनाव चिन्हले प्रभाव पार्ने नेकपा कास्की अध्यक्ष कृष्ण थापा सुनाउँछन् ।

    अर्को पक्ष भन्छ–ग्राउण्डमा बलियो छौं
    विभाजित नेकपाका प्रचण्ड–माधव समूहले भने माथिल्लो कमिटीमा कमजोर देखिए पनि ‘ग्राउन्ड लेबल’ मा भने आफूहरु बलियो रहेको दाबी गरेको छ ।

    प्रचण्ड–माधव समूहका रहेका जिल्ला सचिव राजकाजी गुरुङले स्थानीय तहमा पनि कस्को पक्षमा धेरै भन्ने थाहा पाउन ‘चुनावी घोषणा हेर्न’ आग्रह गरे । तर, त्यसबारे खुलाएनन् ।

    पूर्व माओवादीबाट ओली समूहमा गएको भन्नेबारे गुरुङले हल्लामात्रै भएको र बरु ओली पक्षबाट प्रचण्ड–नेपाल समूहमा आउन लागेको दाबी गरे । ‘पूर्व माओवादी समूहबाट उता ओली समूह मा गएको भन्ने हल्लामात्रै हो, ‘सहसंयोजक करणले नेपाल प्रेससँग भने, ‘बरु उहाँहरुको १५र२० जना साथीहरु पनि हाम्रोमा आउने वचन दिनुभएको । केही दिनमै आउनुहुन्छ ।’

    पार्टी विभाजनले जिल्लामा प्रचण्ड पक्षलाई कस्तो असर प्रभाव पर्छ रु भन्ने प्रश्नमा गुरुङले ‘चित्र प्रष्ट हुन बाँकी’ नै रहेको जवाफ दिए । ‘धेरै साथीहरु अझै खुल्नु भएको छैन । उहाँहरु अझैसम्म नखुलेकै कारण ठ्याक्कै चित्र खुलिसक्या छैन । केही दिनमा उहाँहरु खुलेपछि चित्र प्रष्ट होला १’ उनले भने । 

    प्रचण्डले ओलीलाई लगाए यस्तो अरोप

    नेपाल कम्युनिष्ट पार्टी नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई सिद्धान्तहीन बुर्जुवा बाटोमा हिँडेको गम्भीर आरोप लगाएका छन् ।  

    आज काठमाडौंको बुद्धनगरमा आयोजित आफू पक्षधर राष्ट्रिय युवा संघको केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष दाहालले यस्तो आरोप लगाएका हुन् ।

    त्यस्तै, प्रधानमन्त्री ओलीले भ्रष्टाचारविरोधी नारा दिएपनि भ्रष्टाचारीलाई संरक्षण गरेको पनि दाहालको गम्भीर आरोप छ । त्यस्तै, दाहालले संविधानको हत्या हुँदा हाँस्न नसक्ने बताएका छन् ।

    उनले संसद् विघटन गर्ने निर्णयले संविधानकै हत्या भएको आरोप लगाए । उनले भने,‘अहिले देश तनाबमा छ । संविधानको चिन्ता छ । यस्तोमा हामी हाँस्न सक्दैनौं ।’ उनले ओलीले प्रतिक्रियावादीहरुसँग साँठगाँठ गरेर संसद् विघटन गरेको पनि आरोप लगाए ।

    उनले पार्टीले प्रधानमन्त्री बनाएको हुनाले पार्टी निर्णय नमानेपछि ओलीलाई अनुशासनको कारवाही गर्नसक्नेपनि सम्झाए । उनले भने,‘तपाईंलाई जनताले प्रधानमन्त्री बनाएको होइन। त्यसो हुँदो हो त हाम्रो २७५ जना नै प्रधानमन्त्री हुन्थे।

    झलनाथ खनालले दिए यस्तो चेतावनी 

    नेपाल कम्युनिस्ट पार्टीका दाहाल-नेपाल समूहका वरिष्ठ नेता झलनाथ खनालले आगामी माघ ९ गते देशभरबाट काठमाडौंमा उत्रिन आह्वान गरेका छन् ।

    ९ गते ‘काठमाडौं जाऔं’अभियान चलाइएको उनले बताए। प्रज्ञा भवनमा दाहाल(नेपालनिकट अनेरास्ववियुले गरेको उपत्यकास्तरीय भेलामा बोल्दै उनले यस्तो बताएका हुन्। 

    प्रतिनिधिसभा विघटनविरुद्ध कडा आन्दोलन चाहिने बताउँदै उनले यही ९ गते काठमाडौं उपत्यका अस्तव्यस्त बनाउन विद्यार्थीहरुलाई अपिल गरे। ‘९ गते उपत्यकाका सडकमा मानिसहरु निकालेर अस्तव्यस्त बनाउनु पर्छ,’उनले भने, दुई लाख जनता काठमाडौंमा उतारेर आन्दोलन चर्काऊँ।

    यसअघिको प्रदर्शनी मार्गमा भएको कार्यक्रममा धरहरा र रानीपोखरी इन्जिनियरले बनाएको बताएका खनालले यो पटक आफू अध्यक्ष हुँदा ‘सुखी नेपाली, समृद्ध नेपाल’को नारा तय गरिएको जिकिर गरे ।

    ओलीले यो नारालाई आफ्नै बनाएर  प्रचार गरेको उनले बताए । ओलीले पार्टीलाई सत्तामा पुग्ने भर्‍याङ मात्रै बनाएको उनले बताए। ओलीले क्याबिनेटमा मनपरी गरेर सरकारको नीति र कार्यक्रमसमेत घोषणापत्रअनुसार आएनु, उनले भने, ‘क्याबिनेटमा ओलीले एकलौटी गरे, योजना आयोगमा गुटका मान्छे हाले ।

    नीति र कार्यक्रम पार्टीको घोषणापत्र अनुसार आएन, बजेट पनि मनपरी बाँडियो । प्रधानमन्त्री भएपछि केपी ओली दक्षिणपन्थी भड्काउतर्फ लागेको आरोप उनले लगाए। खनालले ओली गुट नेकपाको एउटा चोइटोको संज्ञा दिए।

    ‘केपी ओली आदरका साथ सम्मान गर्नुपर्ने व्यक्ति होइनन्। संविधान(लोकतन्त्र विरोधी हुन्, उनले भने, राणा शासनको हुकुम नै हो ओलीले हिँडेको बाटो, उनको बाटो ज्ञानेन्द्र र मण्डलेको हो।’

    प्रहार न्यूज

    • सोमवार, माघ ५ २०७७११:०५:४७
    प्रतिक्रिया
    ताजा अपडेट
    धेरै पढिएको
    सम्बन्धित समाचार