अमेरिकामा डडेलोका कारण मृत्यु हुनेको सङ्ख्या ८ पुग्यो, दर्जनौँ अझै सम्पर्कबाहिर

अमेरिकामा डडेलोका कारण मृत्यु हुनेको सङ्ख्या ८ पुग्यो, दर्जनौँ अझै सम्पर्कबाहिर


  • 2.0K
    SHARES

  • अमेरिकामा डडेलोका कारण मृत्यु हुनेको सङ्ख्या ८ पुग्यो, दर्जनौँ अझै सम्पर्कबाहिर

    संयुक्त राज्य अमेरिकाको उत्तर पश्चिमी राज्य अरेगोनमा केही दिन पहिलेदेखि जङ्गलमा फैलिएको डढेलोका कारण शनिबारसम्म मृत्यु हुनेको सङ्ख्या आठ पुगेको स्थानीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।  स्थानीय समय अनुसार शुक्रबार साँझ अरेगोनका गभर्नर केट ब्राउनले भने, “उत्तरपश्चिमी अमेरिकी राज्यमा फैलिएको डढेलोका कारण दर्जनौं मानिस अझै हराइरहेका छन् । दशौं हजार आफ्नो घर छोड्न बाध्य भएका छन् ।” 


    राज्यको आपतकालीन व्यवस्थापन निर्देशक एन्ड्र्यू फेल्प्सलेका अनुसार उद्धारकर्मीहरूले ठूलो सङ्ख्यामा डढेलोका कारण मृत्यु भएका हुनसक्ने विवरण दिएका बताए । अधिकारीहरूले प्रभावित क्षेत्रका वासिन्दालाई सुरक्षितस्थलतर्फ जान आग्रह गरेका छन् भने उक्त स्थलमा हजारौँ संरचनाहरू आगोले विनास गरेको बताएका छन् ।


    अधिकारीहरूले डढेलोका कारण मृत्यु भएका व्यक्तिको एकीन विवरण आधिकारिक रूपमा सार्वजनिक गरिसकेका छैनन् । उपनगरीय इलाका तथा ओरेगोनको अति घना वस्तीहरूमा ती दुई विशाल डढेलो मिसिने खतरा रहेको अधिकारीहरूले बताएका छन् ।

    प्रहार न्यूज

    • शनिवार, भाद्र २७ २०७७०९:५५:२५
    प्रतिक्रिया
    ताजा अपडेट
    धेरै पढिएको
    सम्बन्धित समाचार