ओलीलाई साथ् दिने बिप्लवको घोषणा, वार्ताकालाई तयार छौ भन्दै निकाले यस्तो बिज्ञप्ति !

ओलीलाई साथ् दिने बिप्लवको घोषणा, वार्ताकालाई तयार छौ भन्दै निकाले यस्तो बिज्ञप्ति !


  • 38.9K
    SHARES

  • ओलीलाई साथ् दिने बिप्लवको घोषणा, वार्ताकालाई तयार छौ भन्दै निकाले यस्तो बिज्ञप्ति !

    काठमान्डौ - नेकपा विप्लव समूहले आफ्नो पार्टी वार्ता तथा सम्वादको लागि सकारात्मक रहेको जनाएको छ । पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले आज एक विज्ञप्ती जारी गर्दै यस्तो जनाएका हुन् ।

    जारी विज्ञप्तीमा भनिएको छ,‘हाम्रो क्रान्ति राष्ट्र, समाज, अग्रगामी रुपान्तरण एवम् जनसमूदायको हित र अधिकारको लागि गरिएको सचेत पहल हो । यसको प्रक्रियामा आम समूदायमा सहज गतिविधि र कार्यक्रम गर्ने बन्ने अवस्थामा हाम्रो पार्टी सरकारसँग सम्वाद र वार्ताको लागि सकारात्मक रहेको विषय सबैमा जानकारी गराउँछौं ।

    दाहाल नेपाल समुहका पुर्व मन्त्रिनै फर्किए ओली तिर 

    विघटित प्रतिनिधिसभा सांसद तथा नेकपा सिन्धुपाल्चोकका नेता शेरबहादुर तामाङ र उनकी श्रीमती उषाकला राईले एकैसाथ प्रचण्ड-माधव समूह परित्याग गरेको घोषणा गरेका छन्।

    शनिबार दुबैले प्रचण्ड-माधव समूह परित्याग गरेको घोषणा गरेका हुन्। तामाङले दुबैले सो समूह छोड्ने निर्णय गरेको बताए । ‘हो हामीले प्रचण्ड-माधव समूह छोडेका हौं,’ तामाङले भने।

    अहिले भइरहेका दुबै पक्षलाई समूहको संज्ञा दिँदै उनले कुन आधिकारिक हो भन्ने नखुलिसकेको अवस्थामा प्रधानमन्त्री ओलीलाई साथ दिने निष्कर्षमा पुगेको बताए।

    ‘प्रचण्ड-माधव नेपालको कार्यक्रम हेरियो, तर, मूलतस् हाम्रो लोकप्रिय कम्युनिष्ट आन्दोलनलाई संरक्षण गर्दै अघि बढाउनुपर्ने आवश्यकता देखेँ,’ तामाङले भने, ‘त्यो प्रचण्ड(माधव समूहबाट पार लाग्दैन भन्ने निष्कर्षमा पुगेपछि मैले प्रधानमन्त्रीको समूहमा आउने घोषणा गरेँ ।

    उनले भनेको त्यो लोकप्रिय कम्युनिष्ट आन्दोलन पूर्वएमालेले बोकेको एजेन्डा हो। ‘त्यो कम्युनिष्ट आन्दोलन अहिले प्रधानमन्त्रीले बोकेर हिँडिरहनु भएको छ, पूर्वएमालेको विचार मन पर्ने जो पनि यहाँ आउन मिल्छ,’ उनले भने।

    तामाङले अहिले राजनीतिक दृष्टिकोण महत्वपूर्ण भएको र अहिले कम्युनिष्ट पार्टीभित्र त्यो संकटमा परेको छ। ‘सबैलाई मिलाएर लैजानुपर्नेमा दृष्टिकोण संकटमा परेर मतहरू छताछुल्ल भएका छन्,

    एमालेले विकास गरेको लोकप्रिय कम्युनिष्ट आन्दोलनको जग हल्लिएको छ,’ तामाङले भने, ‘त्यसैले, मैले प्रधानमन्त्रीले नेतृत्व गरेको समूहमै आउने निधो गरेँ।’

    तामाङले कुनै पनि पदका लागि भनेर आफू प्रधानमन्त्रीको समूहमा नआएको दाबी गरे। ‘उता हुँदा पनि म केन्द्रीय सदस्य थिएँ, यता पनि त्यही जिम्मेवारी आउला, मुख्य कुरा जिम्मेवारी र पदको हैन,’ उनले भने।

    प्रतिनिधिसभा विघटनपछि तामाङ ओली समूह छोडेर प्रचण्ड-नेपाल समूहमा गएका थिए । आफ्ना सर्कलका साथीहरू र जिल्लाको मनोविज्ञान पनि प्रचण्ड(नेपालतिर भएकाले भावनात्मक रूपमा पनि त्यतै लागेको उनले बताएका थिए। ।

    तामाङ लामो समय तत्कालीन नेकपा एमालेको राजनीतिमा माधवकुमार नेपाल समूहमा थिए । २०७४ को चुनावपछि उनी  ओली  सरकारमा कानुन मन्त्री बनेका थिए। उषाकला प्रदेशसभा सांसद हुन् ।

    यस्तो भन्छन ओली 

    प्रधानमन्त्री केपी शर्मा ओलीले विराटनगरमा आज गरिरहेको शक्ति प्रदर्शनमा जनता जागरित भएर आएको दावी गरेका छन्। लाखौं संख्यामा मानिसहरु आमसभामा उपस्थित भएको दावी गर्दै उनले मानिसको उपस्थिति हेर्न प्रचण्ड(नेपाल समूहका नेतालाई चुनौती पनि दिए।

    विराटनगरमा आयोजित आमसभालाई सम्बोधन गर्दै ओलीले सभास्थलमा मानिसहरु राख्ने ठाउँ नभएका कारण चोकचोकमा र घरघरमा टेलिभिजनबाट मानिसहरुले आफ्नो सम्बोधन सुनिरहेको दावी गरे।

    सभामा उपस्थित मानिसको तस्विर ड्रोनले खिचे पनि त्यो संख्या ड्रोनले पनि खिच्न नसक्ने भएको उनको दाबी थियो । ड्रोनले पनि फोटो खिचेर सक्दैन। चन्द्रमाबाट मात्रै देखिन्छ, ओलीले भने।

    काठमाडौंमा नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड नेपाल पक्षले गरेको सभामा दुई चार हजार मानिस उपस्थित भएको दाबी गर्दै ओलीले उनीहरुलाई आफ्नो सभा हेर्न आउन आह्वान गरे।

    दुईचार हजारमान्छे जम्मा गरेर ओलीको सहभागिता हेर्न बोलाएका थिए। म यउहाँ हरुलाई यहाँ आएर हेर्न भन्न चाहन्छु। म यता आएर हेर्नुस। उनले प्रचण्ड कुनै बेला बैद्यको साथमा, त्यसपछि डाक्टरको साथमा र अहिले झाँक्रीको साथमा हिँडेको बताए ।

    उहाँ पहिले बैद्यसँग हुनुहुन्थ्यो, बैद्यले छोडे, त्यसपछि उहाँ डाक्टरसँग हुनुभयो। डाक्टरले पनि छाडे। त्यसैले अहिले उहाँ झाँक्रीसँग हुनुहुन्छ,ओलीले भने।

    प्रचण्डले राजनीतिमा सफलता पाउन सम्भव नभएको दावी गरे । सिद्धिसकेका प्रचण्डलाई मैले दुई चार सिटमा सीमित हुनेलाई मैले जुरो हालिदिएको थिएँ। सिङ हाल्दिएको थिएँ, ओलीले भने, लामा सिङ देखिएपछि उहाँमा अहँकार भरियो। उहाँ हामीलाई सिध्याउँछु भन्नेतिर लाग्नुभयो।ु

    उनले अझै पनि फर्किन चाहनुहुन्छ भने फर्केर आउनस् भन्दै प्रचण्डलाई भिरको गोरुसँग तुलना गरे। भिरबाट लड्नेलाई राम राम भन्न सकिन्छ, काँध हाल्न सकिन्न। उहाँ फर्किने बाटोमा गएको होइन, ओलीले भने।

     

    प्रहार न्यूज

    • शनिवार, फाल्गुण ८ २०७७०४:११:५१
    प्रतिक्रिया
    ताजा अपडेट
    धेरै पढिएको
    सम्बन्धित समाचार