बिप्लव देखि सिके राउतले ओलीलाई दिए खुलेरै साथ, अत्तलीएका प्रचण्डले मागे भारतको सरण !

बिप्लव देखि सिके राउतले ओलीलाई दिए खुलेरै साथ, अत्तलीएका प्रचण्डले मागे भारतको सरण !


  • 24.3K
    SHARES

  • बिप्लव देखि सिके राउतले ओलीलाई दिए खुलेरै साथ, अत्तलीएका प्रचण्डले मागे भारतको सरण !

    काठमान्डौ - प्रधानमन्त्रि केपी शर्मा ओली प्रति युवाहरुको क्रेज बढिरहेको छ भने नेतृत्व तहबाट पनि ओलीलाई समर्थन दिनानुदिन बढ्दै गएको छ । यसको पछिल्लो उदारण विप्लव समूह वार्ताकालागि तयार हुनु। 

    नेकपा विप्लव समूहले सरकारसँग वार्ताका लागि सकारात्मक रहेको बताएको छ । सरकारले शान्तिपूर्ण राजनीतिमा आउन आहृवान गर्दै सम्वादका अनौपचारिक प्रयास गरिरहेका बेला विप्लव समूहले औपचारिक रुपमा बोलेको हो ।

    महासचिव नेत्रविक्रम चन्द विप्लवले शनिबार विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘आम जनसमुदायमा सहज गतिविधि र कार्यक्रम गर्ने वातावरण बन्ने अवस्थामा हाम्रो पार्टी सरकारसँग सम्वाद र वार्ताका लागि सकारात्मक रहेको जानकारी गराउँदैछौं ।’

    २० माघमा खानेपानी मन्त्री मणि थापाले नख्खु जेलमा पुगेर विप्लव समूहका नेता हेमन्तप्रकाश ओली सुदर्शनलाई भेटेका थिए । अन्य च्यानलहरुबाट पनि सम्वादको प्रयास भइरहेको दाबी सरकारी अधिकारीहरुले गर्दै आएका थिए ।

    विप्लवको पछिल्लो वक्तव्यमा सरकारले पनि सकारात्मक भनेको छ । र, शान्तिपूर्ण राजनीतिमा आउन चाहे त्यसको वातावरण बनाउने एक मन्त्रीेले बताए ।

    विप्लव समूहका नेताहरुले भने आफूहरु वार्ताको विपक्षमा छैनौं भन्ने सन्देश मात्र दिएको र, अहिले तत्काल सम्वाद भइहाल्ने अवस्था नभएको बताएका छन् ।

    यसरि गरि जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सामान्य घटनाका रूपमा लिन नसकिने बताएका छन् । उनेल पनि घुमाउरो तरिकाले ओलीलाई समर्थन गर्ने संकेत गर्दै यसलाई असामान्य र सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा आफूहरूले लिएको बताए। 

    रूपन्देहीको भैरहवामा आइतबार बिहान लुम्बिनी प्रेस क्लबले आयोजना गरेको पत्रकार सम्मेलनमा राउतले जनताले दुई तिहाइ मत दिएको अवस्थामा काम गर्न बाधा पुगेको भन्नुपर्ने आधार नभएको बताए ।

    ‘सरकारी पक्ष र विपक्षी सडकमा छन्,’ उनले भने, ‘यस्तो अवस्थामा राजनीतिबाट हामीले के अपेक्षा गर्ने रु यो आजको प्रश्न हो । करिब दुई तिहाइ पाएको बेला सरकार चल्दैन भने अब हामीले के गर्ने ?

    नेपालमा व्यवस्था धेरै फेरिएको तर अवस्था नफेरिनुमा सही व्यक्ति चयन गर्न नसक्नु कारण रहेको उनले बताए । ‘निर्वाचन भयो भने मुलुकको विकास गर्ने पात्रलाई चयन गर्नेतिर उन्मुख हुनुपर्छ,’ उनले भने, ‘अहिले सडकमा उत्रेका व्यक्ति पार्टीभन्दा मुलुक कसरी अगाडि बढाउनेतिर केन्द्रित हुनुपर्छ ।’

    अहिले बुद्धिजीवी, पत्रकारलगायतले नागरिक आन्दोलन सुरु गरेको भन्दै उनले यस्तो आन्दोलन दलविशेषको हुन नहुनेमा जोड दिए । ‘नागरिक आन्दोलन पक्षरविपक्ष भनेर हुँदैन, नागरिक सामाजले पुस्तौंदेखि भएका अन्यायलाई उठाउन सक्नुपर्छ,’ उनले भने, ‘होइन भने नागरिक आन्दोलनको औचित्य रहँदैन ।’

    पर्दापछाडिका शक्तिबाट नेपालको राजनीति नियन्त्रित रहेको भन्दै राउतले जनप्रतिनिधिले जनताको अपेक्षा पूरा नगरे फिर्ता बोलाउन पाउनुपर्ने र त्यो अधिकार सुनिश्चित गरिनुपर्नेमा जोड दिए ।

    वडादेखि राष्ट्रपतिसम्म प्रत्यक्ष चयन गर्न पाउनुपर्ने उनले बताए । ‘अहिले सञ्चालन गरिने विकास–निर्माणका कामबारे जनतालाई सोधिँदैन,’ उनले भने, ‘जहाँबाट कमिसन धेरै आउँछ, उसैलाई निर्माणको जिम्मा दिने गरिएको छ ।

    प्रचण्ड भने भारतको सरणमा 

    भारतले नेपाललाई लाखौं डोज खोप उपलब्ध गराएकोमा नेकपा ९प्रचण्ड–माधव समूह० का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई धन्यवाद दिएका छन् ।

    साथै, प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको कदमलाई भारतजस्तो लोकतान्त्रिक देशले समर्थन नगर्ने विश्वाससमेत प्रचण्डले व्यक्त गरेका छन् । पुस ५ मा प्रधानमन्त्री ओलीले संसद विघटन गरेपछि दुई महिनायताको राजनीतिक घटनाक्रमबारे अध्यक्ष प्रचण्डले नेपालको लोकतान्त्रिक आन्दोलनमा भारतले विगतदेखि नै साथ सहयोग दिँदै आएको स्मरण गरे ।

    नेपालमा लोकतन्त्रका लागि आवाज उठाउनेहरुलाई राजा महाराजाहरुकै पालादेखि ‘अराष्ट्रिय तत्व’ र ‘भारतीय दलाल’को संज्ञा दिने ‘सामन्ती राष्ट्रवाद’ हावी रहेको बताउँदै प्रचण्डले अहिले त्यो सामन्ती राष्ट्रवादको प्रतिनिधित्व केपी ओलीले गरिरहेको बताए ।

    दुई महिनायता संसद विघटनविरुद्ध आन्दोलनका क्रममा प्रचण्डले अन्तरराष्ट्रिय समुदायको ध्यानाकर्षण गराउँदै आएका छन् । लोकतान्त्रिक देशहरुले नेपालमा लोकतन्त्रको पक्षमा समर्थन गर्ने उनले दाबी गरेका छन् ।

    गत माघ २८ गते काठमाडौंमा आयोजित आमसभाबाटै प्रचण्डले भनेका थिए, ‘सबै अन्तर्राष्ट्रिय हाम्रा मित्रदेशहरु, खासगरी हाम्रा छिमेकी, संसारकै सबभन्दा ठूलो हाम्रो लोकतन्त्र भन्ने छिमेकीबाट यो बेलामा हामीले सबै संसारभरिका लोकतान्त्रिक मूल्य मान्यता राख्नेहरुबाट सहयोग र सदभाव चाहेका छौं । दायाँ–बायाँ हुने छैन भन्ने भरोसामा छौं हामी ।’

    पछिल्लो राजनीतिक घटनाक्रमबारे अनलाइनखबरसँग कुराकानी गर्दै प्रचण्डले भारतीय प्रधानमन्त्री मोदीलाई कोरोना रोकथाममा गरेको सहयोगप्रति धन्यवाद दिँदै नेपालको लोकतन्त्रको पक्षमा उभिइदिन आग्रह गरे ।

    साथै, उनले भारतलाई हेर्ने मामिलामा केपी शर्मा ओली ‘सामन्ती राष्ट्रवाद’को पक्षमा रहेको र आफू ‘प्रगतिशील राष्ट्रवाद’को पक्षमा उभिँदै आएको जिकिर गरे ।

     ओलीलाई अन्तर्राष्ट्रिय शक्तिहरुको पनि साथ छ ?

    केपीजीलाई त्यो लागेको हुन सक्छ । केही गतिविधिहरू हेर्दा त्यो देखियो पनि । अन्तराष्ट्रिय शक्तिले मलाई साथ दिन्छन् भन्ने भ्रममा पर्नुभयो कि भन्ने लाग्छ ।

    दुईरचार महिनायताको आवत–जावत बसउठ हेर्दा कहीँ त्यस्तो हो कि भन्ने त लाग्छ । तर, म के ठान्छु भने हाम्रा छिमेकी र अन्तर्राष्ट्रिय शक्तिहरू, जो लोकतन्त्रमा विश्वास गर्छन्, उनीहरूले नेपाली जनताको अभिमत, भावना र चाहनालाई सम्मान गर्छन् ।

    कुनै एउटा व्यक्तिको निम्ति जनभावना, लोकतन्त्रका मूल्य मान्यता र संविधानको मर्मविपरीत कोही जान सक्छन् भन्ने लाग्दैन ।  ५ पुसमा ओलीजीले संसद विघटन सिफारिस गरेदेखि नै मैले लगातार भन्ने गरेको छु,

    लोकतन्त्रमा विश्वास गर्ने सबै अन्तर्राष्ट्रिय शक्ति, जो नेपालमा लोकतान्त्रिक आन्दोलन अगाडि आओस्, स्थिरता होस्, विकास र समृद्धितिर जाओस् भन्ने चाहेका छन्, ती सबैले यो विघटनको विरोध गर्नुपर्छ भनेर मैले अपील गर्दै आएको पनि छु ।

    अन्ततः ती शक्तिहरू पनि नेपाली जनमतभन्दा बाहिर जान सक्छन् भन्ने लाग्दैन । विगतका अनुभवले पनि त्यही देखाउँछ । तर, अन्ततःगोत्वा सम्बन्धित देशका जनताले के चाहन्छन् भन्ने कुरा नै निर्णायक हुन्छ ।

    हामीले विगतमा पनि देखेका छौं नि, कहिलेकाही छिमेकीहरूले अलि बेग्लै ढंगले गए हुन्थ्यो भन्ने चाहेका थिए । तर, नेपाली जनता सडकमा आएर हामी त लोकतन्त्रै चाहन्छौं, गणतन्त्रै चाहन्छौं भनिसकेपछि कैयौं कूटनीतिकज्ञहरूले, छिमेकीहरूले नेपाली जनता जहाँ छन्, हामी त्यहीँ छौं भनेर वक्तव्य दिएका इतिहास त ताजै छन् ।

    प्रहार न्यूज

    • आइतवार, फाल्गुण ९ २०७७०१:५६:०३
    प्रतिक्रिया
    ताजा अपडेट
    धेरै पढिएको
    सम्बन्धित समाचार